अष्ट्रेलियाविरुद्धको टि–ट्वान्टी सिरिज भारतलाई

खेलखुद

घरेलु टोली अष्ट्रेलियाविरुद्धको तीन खेलको टी–ट्वान्टीमा सिरिज भारतले जितेको छ। आइतबार भएको खेलमा अष्ट्रेलियालाई ६ विकेटले हराउँदै भारतले सिरिज २–० ले जितेको हो।  एकदिवसीय सिरिजमा पराजित भएको भारतले टी–ट्वान्टी सिरिज जित्न सफल भएको हो । 

सिड्नी क्रिकेट मैदानमा अष्ट्रेलियाले जितका लागि दिएको १९५ रनको लक्ष्य भारतले  २ बल बाँकी छँदै  ४ विकेट गुमाएर पुरा गर्‍यो। 

भारतका लागि शिखर धवनले अर्धशतकीय पारी खेले। ३६ बल खेलेका उनले ४ चौका र २ छक्काको सहयोगमा ५२ रन बनाए।  त्यस्तै हार्दिक पाण्ड्याले ४२ रन बनाउँदा कप्तान विराट कोहलीले ४० रनको योगदान गरे।  ओपनर के एल राहुलले ३० रन बनाउँदा सन्जु सामसनले १५ र श्रेयर ऐयरले अभिजित १२ रन बनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *