शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्ने एनजीओविरूद्ध मन्त्रालयको ‘डण्डा’!

समाचार समाज

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल र एनसिई नेपालको सदस्य संस्था गोल्वल एक्सन नेपाल गैरसरकारी संस्थाले मन्त्रालयको नाम र नेपाल सरकारको निशाना छाप अनाधिकृत रूपमा प्रयोग गरेकोले कारवाही गर्ने प्रक्रिया सुरू गरिएको मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका प्रवक्ता सहसचिव दीपक शर्माले आइतबार जारी गरेको विज्ञप्तिमा निशान छापसमेत अनाधिकृत रूपमा प्रयोग गरेको भेटिएकोले प्रचलित कानुनबमोजिम कारवाहीका लागि सम्बन्धित निकायमा लेखि पठाइसकिएको उल्लेख छ।

उक्त गैसस र आयोगमा रहेका १३ सदस्यले गत शुक्रबार कार्यक्रम गरी प्रतिवेदन सार्वजनिक गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *