महाअभियोगको प्रस्ताव जो सुकैले ल्याए पनि पास हुँदैन : महासचिव पोखरेल

समाचार समाज

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले महाअभियोगको प्रस्ताव जो सुकैले ल्याए पनि पास नहुने दाबी गर्नुभएको छ ।

नेकपा एमाले सिन्धुपाल्चोकले आयोजना गरेको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव शङ्कर पोखरेलले महाअभियोगको प्रस्ताव सरकार वा प्रतिपक्षी जो सुकैले ल्याए पनि पास नहुने दाबी गर्नुभएको हो ।

उहाँले सर्वोच्च अदालतमा महाअभियोग लगाउनुपर्ने थुप्रै व्यक्तिहरू रहेको पनि बताउनुभएको छ ।
महासचिव पोखरेलले अदालतमा महाअभियोग लगाउनुपर्ने प्रकृति धेरै छन् । महाअभियोग कसैको पनि पास हुँदैन हामीले पेस गरे पनि पास हुँदैन, सत्तापक्षले पास गरे पनि पास हुनेवाला छैन, यो न्यायाधीश तर्साउनलाई मात्रै हो ।” उहाँले सत्तापक्षले प्रधानन्यायाधीशलाई महाअभियोग लगाएर गलत गरेको भन्दै सच्याउन आग्रह समेत गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *