नोबल कलेजको आयोजनामा पोखरा विश्वविद्यालयको १७औं दीक्षान्त समारोह सम्पन्न

समाज

काठमाडौँ । मुलुककै प्रतिष्ठित नोबल कलेज सिनामंगल काठमाडौंको आयोजनामा पोखरा विश्वविद्यालयको १७औं दीक्षान्त समारोह शुक्रवार राजधानी समापन भएको छ ।

कार्यक्रम नोबल कलेजका अध्यक्ष एवं प्राचार्य नवराज पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले नोबल कलेजले अन्तर्राष्ट्रिय स्तरको आधुनिक शिक्षा नेपालमा नै प्रदान गरिरहेको बताउनुभयो ।

नोबेल कलेजका विद्यार्थीहरूले अन्तर्राष्ट्रिय विश्वविद्यालयमा उत्कृष्ट नतिजा हासिल गरेको जानकारी पनि उहाँले दिनुभयो । नोबल कलेजमा पोखरा विश्वविद्यालयका स्नातकोत्तर र स्नातकतहमा स्वास्थ्य विज्ञान संकाय र व्यवस्थापन संकायका विभिन्न कार्यक्रमहरू संचालनमा छन् ।

स्वास्थ्य विज्ञान संकायअन्तरगत एम.पि.एच, बि.पि.एच, बि.एच्.सी नर्सिङ, बि.एस.सी, एम्.एल.टि, बि.एस्.सी, एम्.बि, बि.एन्.एस्, एस्.सी फार्म कार्यक्रम संचालित छन् ।

त्यस्तै, व्यवस्थापन संकायमा बि बि ए बि.एच्.सी एम् को पढाइ हुँदै आएको छ । तीन सय जना विद्यार्थीहरूको उपस्थिति रहेको कार्यक्रममा पोखरा विश्वविद्यालयका स्वास्थ्य, विज्ञान संकायका डीन प्राध्यापक अमर नागिला, व्यवस्थापन संकायका डीन प्राध्यापकदयाराज ढकाल, परीक्षा नियन्त्रक तुलसीराम भण्डारीबाट दीक्षित विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरी सम्मान गरिएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य नोबल कलेजका निर्देशक सन्तोष न्यौपानले राख्नु भएको थियो । कलेजका अर्का निर्देशक शंकर श्रेष्ठले कलेजका विशेषता बारे बतउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *