त्रि-ज्योति माविको २८औं वार्सिकोत्सव, २७औं अभिभावक दिवस तथा प्रतिभा सम्मान समारोह सम्पन्न

समाचार

काठमाडाैँ,चैत्र ६। त्रि-ज्योति माध्यामिक विद्यालयको २८औं वार्सिकोत्सव समारोह, २७औं अभिभावक दिवस तथा प्रतिभा सम्मान समारोह सम्पन्न भएको छ ।

काठमाडाैँको बुढानिलकण्ठमा अवस्थित उक्त विद्यालय प्रांगणमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिका रूपमा नेपाल सरकार स्वास्थ्य मन्त्रालयका राज्यमन्त्री भवानीप्रसाद खापुङ्ग रहनु भएको थियो भने, कार्यक्रमको अध्यक्षता संचालक समितीका अध्यक्ष केशव प्रसाद दंगालले गर्नु्भएको थिए ।

बागमती प्रदेसका प्रदेस सभा सदस्य कुसुम कुमार कार्की, बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव प्रसाद खरेल, वडा नं १० का अध्यक्ष नवराज भट्टराई, वडा नं ११ का अध्यक्ष राजु अधिकारी, वडा नं १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराई, नेकपा एमाले बुढानिलकण्ठका अध्यक्ष प्रदिप डंगोल, नेपाली कांग्रेस बुढानिलकण्ठका सभापति राजाराम बुढाथोकी लगायतको उपस्थितिमा रहेको उक्त कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याउनु हुने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि मन्त्री खापुङ्गले मन्तव्य राख्दै त्रि-ज्योति मा.वि ले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै स्वास्थ्य मापदण्डलाई ध्यानमा राख्दै विद्यालयको गतिविधिहरू सञ्चालन गर्नु आग्रह गर्नुभयो । त्यस्तै, बु.न.पाका प्रमुख उद्धव प्रसाद खरेलले नगरपालिका भित्र रहेका विभिन्न विद्यालयमध्ये त्रि-ज्योति मा.वि को योगदान प्रशंसनीय रहेको धारणा व्यक्त गर्नुभयो ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद दंगालले त्रि-ज्योति मा.वि सक्षम विद्यालय बन्दै गइरहेको बताउदैँ तस्वीर आफैं बोल्छ भने झौं बालबालिकाको विविध प्रस्तुतिले आत्मविश्वास बढाउने, जीवनोपयोगी शिक्षा दिने र भोलिको संभावना युक्त नागरिक निर्माण गर्ने समेत बताउनुभयो । चार हजार विद्यार्थी रहेको सेन्ट लरेन्सको छाताभित्र रहेको त्रि-ज्योति मा. विको समग्र विकास अझै सशक्त भएर अगाडि बढ्ने बताउनुभयो ।

उक्त कार्यक्रममा त्रि-ज्योति कला साहित्य सम्मान ०७८ बाट गायिका तारा थापा, त्रि-ज्योति समाजसेवा सम्मान ०७८ बाट पत्रकार जीवराम भन्डारी, त्रि-ज्योति प्रतिभा सम्मान ०७८ डा. बाबुराम पान्डे, त्रि-ज्योति साहसिक सेवा सम्मान ०७८ बाट सगरमाथा आरोही निमा दोर्जे शेर्पा, त्रि-ज्योति समर्पण सेवा सम्मान ०७८ बाट निमा यन्जी शेर्पा र त्रि-ज्योति जेष्ठ अभिभावक सम्मान-मोतिमाया पुरीलाई प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *