सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन । नेकपा माओवादि केन्द्र वाग्मती प्रदेश कमिटी सदस्य सहित निर्वाचित वडा सदस्य नेकपा एमालेमा प्रवेश गरेका हुन ।
बिहिवार दिउँसो बालकोटमा नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलिले पार्टी प्रवेश गराउनु भएको थियो।
नेकपा माओवादी केन्द्र वाग्मती प्रदेश सदस्य मनोज तामाङ,
माओवादी केन्द्रबाट निर्बाचित महिला वडा सदस्य सुन्दरी तामाङ,माओवादी केन्द्रका नेतृ मनु लामा, नेवि संघ क्षेत्रीय उपाध्यक्ष बिक्रम श्रेष्ठ,लगायत नेताहरूले माओवादी र काङ्ग्रेस परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन ।