पुर्बमन्त्री तामाङद्वारा झोलुंगे पुल शिलन्यास

समाचार

सिन्धुपाल्चोक जिल्लाको ईन्द्वावति गाउँपालिका वडा नम्बर ११ न्यौपानेटार र काभ्रेपलान्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ९ जोड्ने ईन्द्रावति नदि माथि निर्माणाधीन झोलुङ्गे पुलको आज एक कार्यक्रम बिच शिलान्यास गर्नु भएको छ ।

सो कार्यक्रममा प्रमुख अतिथिको रुप्मा आफ्नो मन्तब्य राख्नु हुंदै उहांले यो झोलुंगे पुल निर्माण सम्पन्न भए पश्चात मन्डन देउपुर र ईन्द्रावति गाउँपालिका आवतजावत गर्न सहज हुने,आफु संघीय सांसद भएकोले आफ्नो निर्बाचन क्षेत्रमा बिकास गर्नु आफ्नो कर्तब्य समेत भएकोले आफ्नो पहलमा धेरै बिकास निर्माण कार्यहरु अगाडि बढाईएको दाबि समेत गर्नु भएको छ ।जिरो किलो मेलम्चि सडक कालोपत्रे,सांखु फट्केश्वर सडक कालोपत्रे हुंदै गरेको ,भदौरे धुसेनि मेलम्चि नवलपुर चौतारा नौबिसे सडक आफुले रणनीतिक सडकको रुपमा प्रस्ताव गरि करिब ४० करोडको टेन्डर आबह्वान भै सकेको समेत उल्लेख गर्नु भयो ।

ईन्द्रावति गाउँपालिका वडा नम्बर ११ का वडा अध्यक्ष मने माझीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा मण्डन देउपुर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष जित बहादुर तामाङ समेतको उपस्थिति रहेको थियो ।नेकपा (एमाले) प्रदेश कमिटि सदस्य र स्थानीय उपभोक्ता सुब्बा माझिले योजना बिनियोजन गरिदिनु भएकोमा माननीयज्युप्रति हार्दिक आभार प्रकट गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *