इन्द्रावती ९ को वडा कार्यलय उद्घाटन

समाचार

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर ९ मा नवनिर्मित वडा कार्यलयको उद्घाटन भएको छ । शुक्रबार एक कार्यक्रमकाबिच सिन्धुपाल्चोक जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङले वडा कार्यलयको उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा विशेष अतिथि इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङ हुनुहुन्थ्यो । वडा कार्यलय भवन निर्माणका लागि सबिन तामाङ, अम्बिरदाश श्रेष्ठ, गोपालदास श्रेष्ठ, राजदाश श्रेष्ठले जग्गादान गर्नुभएको थियो । जग्गादान गर्नेलाई कार्यक्रममा सम्मान पनि गरिएको थियो । वडाको आफ्नै प्रशासनिक भवन बनेसंगै स्थानीय जनता खुशी देखिन्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *