सिन्धुपाल्चोक । नेकपा एमाले चौतारा सागाचोकगढी नगरपालिका वडा नम्बर ४ को वडा कमिटी गठन भएको छ । बुधवार कुभिण्डेमा भएको भेलाले वडा कमिटी गठन गरेको हो ।
कार्यक्रममा नेकपा एमालेका स्थानीय नेता इन्द्र नेपाल विशेष अतिथि हुनुहुन्थ्यो । उहाँले आगामी निर्वाचनमा नेकपा एमालेले जुनसुकै हालतमा पनि ४ नम्बर वडा जित्नुपर्ने बताउनुभयो । त्यस्तै कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख बालकुमारी सापकोटा,खिलबहादुर सापकोटा,खिलबहादुर श्रेष्ठ लगायत नेताहरू अतिथि हुनुहुन्थ्यो ।
त्यस्तै भेलाले ४ नम्बर वडा कमिटी र सम्पर्क मञ्चमा ११ सदस्यीय कार्यसमिति गठन गरेको छ । भेलाले अध्यक्षमा राजेन्द्र श्रेष्ठ,उपाध्यक्षमा मेनुका श्रेष्ठ , सचिवमा केशव श्रेष्ठ र सह९सचिवमा भक्त बहादुर श्रेष्ठ रहेका छन्। त्यस्तै सदस्यहरूमा दीपक श्रेष्ठ , राजकुमार श्रेष्ठ , अप्सरा श्रेष्ठ , प्रकाश श्रेष्ठ, विष्णु ढकाल , केशव शर्मा र विष्णु श्रेष्ठलाई चयन गरेको छ ।
आगामी वैशाख ३० मा सम्पन्न हुने स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै नेकपा एमालेले स्थानीय स्तरमा सङ्गठन बिस्तार , वडा कमिटी गठन र पाटी प्रवेशका कार्यक्रमलाई सिन्धुपाल्चोकमा तीव्रता दिएको चौतारा सिन्धुपाल्चोक सम्पर्क मञ्चका अध्यक्ष शिव नेपालले बताउनुभयो। विगतमा माओवादी केन्द्रको वर्चस्व रहेता पनि पछिल्ला दिनहरूमा माओवादी केन्द्र प्रति कार्यकर्ताहरूको आकर्षण घट्दै गएको र एमालेमा युवाहरूको प्रवेशको लहर बढेकाले आगामी स्थानीय निर्वाचनमा कुभिन्डे,छाप, चौतारा सागाचोकोगढी लगायत सर्वाधिक स्थानीय तहमा एमालेले जीत हासिल गर्ने नेपालले बताउनुभयो ।
त्यस्तै कार्यक्रमको अध्यक्षता राजु श्रेष्ठले गर्नुभएको थियो ।