एमालेबाट इन्द्रावती ५ को वडा अध्यक्षको उम्मेदवारमा सरोज थिङको चर्चा

समाचार

सिन्धुपाल्चोक । वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमाले इन्द्रावती गाउँपालिका वडा नम्बर ५ मा सरोज थिङको नाम चर्चामा आएको छ । लामो समयदेखि समाजसेवा र राजनीतिमा होमिएका थिङको नाम यसपटक वडा अध्यक्षको उमेदवारका लागि चर्चामा आएको हो ।

लामो समयदेखि गाउँमै बसेर समाजसेवामा होमिएका थिङको जनाधार पनि राम्रो देखिन्छ । तामाङ समुदायको बाहुल्यता राम्रो भएको इन्द्रावती ५ मा तामाङ भएकाले तामाङ समुदायबाट नै उम्मेदवार बनाउदा राम्रो हुने नेकपा एमालेका कार्यकर्ताहरु बताउँछन् ।

वडा अध्यक्षको उम्मेदवार बन्नका लागि आकांक्षि नभएका भने होइनन् । आकांक्षि मात्र २२ जना रहेको इन्द्रावती ५ मा थिङलाई नै सिफारिस गर्ने आन्तरिक तयारी रहेको एक नेताको दावि छ । अघिल्लो पटक नेपाली काङ्ग्रेसबाट दुर्गा बहादुर तामाङ विजयी भएका थिए । नेकपा एमालेका उम्मेदवार लक्ष्मण तिमल्सिनालाई ७ भोटले पछार्दै तामाङले जितेका थिए ।

तामाङको पुन : दोहोर्याउने चाहना नभएको बुझिएको छ । यो सँगै थिङको वडामा जित्ने आधार पनि राम्रै देखिन्छ । उनले पनि पार्टीमा आफुले जित्ने आधार प्रष्ट देखाएको बताउँदै आएका छन् । अब इन्द्रावतीमा नेकपा एमालेबाट सरोज थिङलाई उम्मेदवार बनाउने लगभग निश्चित प्राय : छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *