सेण्ट लरेन्स कलेजका प्रिन्सिपल पुरुषोत्तम महर्जन राष्ट्रिय शिक्षा सम्मान २०७९ द्वारा सम्मानित

समाचार

काठमाडौं। गुणस्तरीय शिक्षाका लागि सबैको रोजाइमा पर्दै आएको राजधानीको चावहिलस्थित सेण्ट लरेन्स कलेजका प्रिन्सिपल पुरुषोत्तम महर्जन राष्ट्रिय शिक्षा सम्मान २०७९ द्वारा सम्मानित हुनुभएको छ । 

विगत लामो समयदेखि शिक्षा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै फोकस नेपाल संस्थाले उहाँलाई सम्मान गरेको हो । 

नयाँ वर्ष तथा लोकतन्त्र दिवसको अवसरमा राष्ट्रिय नाचघर जमलमा आयोजित एक कार्यक्रमका बिच प्रिन्सिपल महर्जनलाई उपराष्ट्रपति नन्दबहादुर पुनले सम्मान गर्नुभएको हो । कार्यक्रममा पूर्वमन्त्री दिनानाथ शर्मा र फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेल लगायतको उपस्थिती रहेको थियो । 

त्रिभुवन विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त सेन्ट लरेन्स कलेजले गुणस्तरीय शिक्षा प्रधान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *