‘नेपाल पौडी संघको आयोजनामा १०औं एन‍.एस.ए.कप खुला तथा उमेर समूह प्रतियोगिता सम्पन्न’

खेलखुद

काठमाडाैँ । नेपाल पौडी संघको आयोजनामा भएको १०औं एन।एस।ए। कप खुला तथा उमेर समूह प्रतियोगितामा नासिर याह्या हुसेन र डुवाना लामाले नयाँ किर्तिमान राख्न सफल भएका छन् । नासिरले १०० मिटर ब्यास्ट्रोकमा तेन्जिन नामदोल रायन गुरुङ्गले हिट चरणमा कायम गरेको १ मिनट ५।८७ सेकेन्डको किर्तिमानलाई भंग गर्दै १ मिनट ४।४६ सेकेन्डका साथ नयाँ किर्तिमान कायम गरेका हुन् ।

यसैगरि नासिरले १०० मिटर बटरफ्लाईमा १९ मार्च २०२१ मा सिंगापुरमा आयोजना भएको ५१औं सिंगापुर राष्ट्रिय उमेर समूह आमन्त्रण २०२१ मा सायद हम्जा शाहले राखेको ५९।९४ सेकेन्डको रेकर्ड भंग गर्दै अर्को ५९।६० को नयाँ किर्तिमान कायम गरेका छन् । राष्ट्रिय किर्तिमान कायम गर्ने क्रममा डुवानाले हिट चरणमा आफैले कायम गरेको ३५।८९ सेकेन्डको समयमा सुधार गर्दै ३५।८३ को नयाँ किर्तिमान कायम गरेकी हुन् ।

यस अघि हिट चरणमा तेन्जिनले १०० मिटर ब्याकस्ट्रोकमा आफ्नै नाममा यसै प्रतियोगताको अघिल्लो संस्करण सेप्टेम्बर २०१९ मा भएको ९औं एन।एस।ए। कप २०१९ मा राखेको १ मिनट ८।२५ सेकेन्डको किर्तिमानमा सुधार गर्दै १ मिनट ५।८७ सेकेन्डको नयाँ किर्तिमान कायम गरे ।

यस विधामा नासिरले पनि १ मिनट ५।९९ सेकेन्डका साथ किर्तिमान भंग गरेता पनि अन्तिम किर्तिमान तेन्जिनको नाममा नै रह्यो । डुवानाले ५० मिटर ब्याकस्ट्रोकमा आफ्नै नाममा २५ सेप्टेम्बर २०१९ मा भारतको बेङ्गलोरमा आयोजना भएको एशियन उमेर समूह च्याम्पियनसिप २०१९ मा राखेको ३५।९४ सेकेन्डको किर्तिमानमा सुधार गर्दै ३५।८९ सेकेन्डका नयाँ किर्तिमान कायम गरेकी हुन् ।

प्रतियोगिताको तेश्रो दिन नासिरले थप एक स्वर्ण जित्दै आफ्नो खातामा स्वर्णको संख्या ६ बनाए । उनले १०० मिटर ब्याकस्ट्रोकमा तेन्जिन नामडोल रायन गुरुङ्गलाई पछाडी पार्दै स्वर्ण जितेका हुन् । नासिरले १०० मिटर दुरी १ मिनट ४।४६ सेकेन्डमा पुरा गर्दै राष्ट्रिय किर्तिमान सहित स्वर्ण जितेका हुन् । तेन्जिनले १ मिनट ५।७० सेकेन्डमा दुरी पुरा गरे । यस्तै, तेश्रो स्थानमा रहेका प्रारम्भ भण्डारीले उक्त दुरी १ मिनट १०।७५ सेकेन्डमा पुरा गर्दै कास्य पाए ।

५० मिटर बटरफ्लाईमा निभा मास्केले स्वर्ण जितिन् । उनले ३१।१७ सेकेन्ड को समय लगाएकी थिईन् । ३४।३९ सेकेन्डका साथ मेगना गुरुङ्ग दोश्रो हुँदै रजत र ३५।१४ सेकेन्ड समयका साथ स्वस्तिका भण्डारी तेश्रो हुँदै कास्य पदक प्राप्त गर्न सफल भए । यसै विधाको पुरुष तर्फ अनुभव सुब्बाले २७।६० सेकेन्ड समयका साथ स्वर्ण हात पारे । २८।२६ सेकेन्डका साथ विकास कुमालले रजत र २८।५९ सेकेन्डका साथ अजल काजी ताम्राकारले कास्य पाए ।

५० मिटर ब्रेष्ट स्ट्रोकमा डुवान लामाले स्वर्ण हात पारिन् । उनले स्वर्ण जित्ने क्रममा ३५।८३ सेकेन्डको समय खर्च गरिन् । उपास्ती महर्जनले ३७।१४ सेकेन्डको समय खर्चदै रजत र रोयल प्रजापतीले ३७।६९ सेकेन्ड समयका साथ कास्य पाईन् । यस विधामा पुरुष तर्फ विकास कुमालले स्वर्ण पाए । उनले ३२।३८ सेकेन्डको समय लगाए । दोश्रो स्थानमा रहेका अनुभव सुब्बाले ३२।८४ सेकेन्डका साथ रजत र तेश्रो स्थानमा रहेका दिपंकर अवालेले ३२।९२ सेकेन्डका साथ कास्य पाए ।

५० मिटर फ्रिस्टायलमा महिला तर्फ निभा मास्केले स्वर्ण हात पारिन् । उनले २८।७० सेकेन्डको समय खर्च गरिन् । यस्तै २९।८३ सेकेन्ड समय खर्चदै अनुशिया तण्डुकारले रजत र ३०।०४ सेकेन्डका साथ डुवाना लामाले कास्य पाए । पुरुष तर्फ अनुभव सुब्बाले २६।३६ सेकेन्ड समयका साथ स्वर्ण, निर्भय थापाले २६।३९ सेकेन्डका साथ रजत र सुविज्ञमान तुलाधरले २६।५० सेकेन्डका साथ कास्य पाए ।

तीन दिनुसम्मभएको उक्त प्रतियोगीतामा निसर्ग बाटिका स्कुल १०औं एन।एस।ए। कप खुला तथा उमेर समूह प्रतियोगितामा टिम च्याम्पियन बन्न सफल भएको थियो । निसर्गले १० स्वर्ण १० रजत र १३ कास्य पदकका साथ १०९ अंक हासिल गर्दै टिम च्याम्पियन बनेको हो । दोश्रो स्थानमा रहेको स्वस्तीश्री गुरुकुलले ९ स्वर्ण १० रजत र ८ कास्यका साथ ९६ अंक र तेश्रो स्थानमा रहेको लिटल एन्जेल स्कुल १ स्वर्ण ३ रजत र ३ कास्यका साथ २२ अंक प्राप्त गर्यो ।

बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी माननिय युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज ‘अथक’, नेपाल ओलम्पिक कमिटिका सदस्य एवं नेपाल आर्चरी संघका महासचिव रमेश कुमार सिवाकोटी लगायतले पुरस्कार वितरण गरेका थिए ।

उक्त समारोहमा नेपाल पौडी संघले नेपालमा आयोजना भएको दक्षिण एशियाकै उच्च प्रतियोगिता १३औं दक्षिण एशियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गर्दै नेपालको गौरव विश्वसामु प्रस्तुत गर्न सफल पौडी खेलाडीहरु गौरिका सिंह, डुवाना लामा, टिशा शाक्य र अनुशिया तण्डुकारलाई नगद सहित सम्मान पत्रले सम्मान गरेको छ ।

गौरिकालाई १ लाख, डुवानालाई ५० हजार र टिशा तथा अनुशियालाई नगद २५ हजारले सम्मान गरेको हो । गौरिकाले ४ स्वर्ण २ रजत र ३ कास्य, डुवानाले २ रजत र ३ कास्य, टिशाले ४ कास्य र अनुशियाले ३ कास्य पदक हात पारेका थिए । बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी माननिय युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज ‘अथक’ ले पुरस्कार वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *