वडालाई प्रिन्टर सहयोग गर्ने इन्जिनियर सहदेवले निःशुल्क गरिदिने भए सम्पूर्ण डिपिआर

समाचार

सिन्धुपाल्चोक । बलेफी गाउँपालिका वडा नं.६ का समाजसेवी इन्जिनियर सहदेव पराजुलीले वडा कार्यालयको लागी एक थान कलर प्रिन्टर हस्तान्तरण गर्नुभएको छ ।

आइतबार वडा अध्यक्ष तेजबहादुर पराजुलीलाइ उक्त सामाग्री हस्तान्तरण गर्नुभएको हो । बजार केन्द्रबाट टाढा रहेको वडा कार्यालयमा नियमित रूपमा सेवा ग्राहीहरूलाई कलर प्रिन्ट आवश्यक पर्ने तर त्यसका लागी एक घण्टा बढी समय लगाएर बजारसम्म झर्नु पर्ने हुँदा एक दिनको काम अर्को दिनसम्म लाग्ने जनगुनासो आएपछि पराजुलीले प्रिन्टर उपलब्ध गराएको जानकारी दिनुभयो ।

‘‘विकट क्षेत्रको वडा र त्यहाँका नागरिकले सहज सेवा प्राप्त गरुन् भन्ने उद्देश्यले उक्त सामाग्री प्रदान गरेको हुँ ’’,पराजुलीले भन्नुभयो । प्रिन्टर हस्तान्तरण गर्दै बलेफी ६ को सम्पूर्ण विकास आयोजनाहरूको  डी.पी.आर.निःशुल्क गरिदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *