सिन्धुपाल्चोक । मङ्सिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभाका लागि नेकपा एमाले सिन्धुपाल्चोकले उम्मेदवारहरूको नाम सिफारिस गरेको छ ।
चारै प्रदेशको शनिवार सम्पन्न बैठकले प्रतिनिधि सभा २ क्षेत्र र प्रदेश सभा चार क्षेत्रका लागि उमेदववारहरु सिफारिस गरेको हो ।
प्रतिनिधिसभा क्षेत्र नम्बर एकबाट प्रत्यक्षमा एमाले पोलिटब्युरो सदस्य अरुण नेपाल, केन्द्रीय सदस्य सरेश नेपाल र नेताहरू भरतप्रसाद पराजुली र बादल तामाङ सिफारिस हुनुभएको छ ।
त्यस्तै क्षेत्र नम्बर दुइबाट प्रतिनिधि सभामा एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ, बागमती प्रदेश सभा सदस्यद्धय हस्त पण्डित र माधव पाण्डे सिफारिस हुनुभएको छ ।
प्रतिनिधि सभा प्रत्यक्षतर्फ क्षेत्र नम्बर २ बाट समानुपातिकतर्फ कृष्णराज श्रेष्ठ, धर्मकृष्ण श्रेष्ठ,जगन्नाथ आचार्य,डम्बर अर्याल,कमल माझी,डोल्मा तामाङ,दावा तामाङ सिफारिस हुनुभएको छ ।
प्रतिनिधिसभा क्षेत्र नम्बर १ प्रदेश सभा (क)बाट बाह्रबिसे नगरपालिकाका पूर्व मेयर निमफुञ्जो शेर्पा, शम्भु सापकोटा,सुकदेव रिसाल, आङदोर्जे शेर्पा, डिबी लामा, कल्याणी घिसिङ, प्रदीप पौडेल, सागर घिमिरे, दिपक सुवेदी, कमल नेपाल,फुर्निमा शेर्पा, पेम्बा शेर्पा, कृष्णमाया मोक्तान, मिना बोहरा, दिल्लीप्रसाद तिमिल्सिना र अर्नथमाया श्रेष्ठ सिफारिस हुनुभएको छ ।
प्रतिनिधि सभा–१ प्रदेश सभा (ख) मा प्रत्यक्ष तर्फ प्रेमलाल लामा, अमान सिंह तामाङ,डम्बर थापा, शोभा कार्की,डाक्टर विनोद नेपाल,पुरुषोत्तम प्याकुरेल र होमनारायण श्रेष्ठ सिफारिस हुनुभएको छ ।
प्रतिनिधि सभा–२ प्रदेश सभा (क) मा डालबहादुर सापकोटा, विष्णुमणी आचार्य, रामचन्द्र बस्नेत, राजन आचार्य, देवी दुलाल, शिवहरी सापकोटा, राजु नेपाल, खिलबहादुर गिरी र डबले लामा सिफारिस हुनुभएकाे छ ।
प्रतिनिधि सभा–२ प्रदेश सभा (ख) बाट मित्रलाल चौलागाई, कृष्णगोपाल तामाङ, अशोक चौलागाई, शिशिर वाइबा,सोमर बम्जन, चिरन तामाङ सिफारिस हुनुभएको छ ।
प्रदेश सभाको बैठकमा प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक उमेदवारहरुको टुङ्गो लगाई नसकेको नेकपा एमाले वाग्मती प्रदेश कमिटी सचिवालय सदस्य विष्णुमणि आचार्यले जानकारी दिनुभयो ।