सिन्धुपाल्चोक। एमाले सिन्धुपाल्चोकका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन् । आज नाराबाजीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय चौतारामा पुगेर उम्मेदवारहरूले मनोनयन दर्ता गराएका हुन् ।
कार्यकर्ताको चर्को नाराबाजी र हुटिङका साथ सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार सरेस नेपाल,प्रदेश सभा ‘क’का उम्मेदवार डिबि तामाङ,प्रदेश सभा ‘ख’का उम्मेदवार होमनारायण श्रेष्ठ प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार शेर बहादुर तामाङ,प्रदेश सभा ‘क’का उम्मेदवार अमानसिंह तामाङ,प्रदेश सभा ‘ख’का उम्मेदवार हस्त पण्डितसहित कार्यकर्ताहरू उम्मेदवारी दिन निर्वाचन कार्यालय पुगेका थिए ।
कार्यकर्ताहरूले सरेस नेपाल,शेर बहादुर तामाङको पक्षमा चर्का नारा लगाएका थिए । अघिल्लो निर्वाचनमा प्रतिनिधिसभामा शेर बहादुर तामाङ र प्रदेश सभामा सरेस नेपाल विजयी भएका दुई नेता प्रतिनिधि सभाको निर्वाचनमा सत्ता गठबन्धनविरुद्ध मैदानमा खडा भएका छन् । उम्मेदवारी दर्ताका क्रममा कार्यकर्ता र शुभचिन्तकको बाक्लो उपस्थितिले नेताहरू हौसिएका छन् ।