एमाले सिन्धुका उम्मेदवार घरदैलोमा,शेरबहादुरलाई भव्य स्वागत, सरेसलाई समर्थन

समाचार

सिन्धुपाल्चोक । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा सिन्धुपाल्चोकमा चुनावी सरगर्मी तातिन सुरु भएको छ । बिहीबारदेखि निर्वाचन प्रचारको कार्यक्रम सुरु गरेका राजनीतिक दलका उम्मेदवारहरू एकै दिन दर्जनौँ कार्यक्रममा सहभागी तथा जनताको घरदैलोमा मत माग्न पुगेका छन् ।

शनिवार एमाले सिन्धुपाल्चोक क्षेत्र नम्बर दुईका उम्मेदवार शेरबहादुर तामाङ इन्द्रावती गाउँपालिका –१० लगायतका बस्तीहरूमा पुगेका छन् । केही दिन यता इन्द्रावती, चौतारा र चौतारा र मेलम्चीको विभिन्न बस्तीहरूमा तामाङसहित प्रदेश एकका एमाले उम्मेदवार अमानसिंङ तामाङ र दुईका उम्मेदवार हस्त पण्डित तथा प्रदेश समानुपातिक उम्मेदवार जगन्नाथ आचार्यलाई गाउँबस्तीहरुमा भव्य स्वागत गरेका छन् । नीतिगत सुधार व्यवस्थित विकासमा अब्बल मानिएका तामाङलाई आफ्नो निर्वाचन क्षेत्रमा जनताले भव्य स्वागत गरेका हुन् । 

त्यस्तै निर्वाचन क्षेत्र नम्बर एकका एमाले उम्मेदवार सरेस नेपालसहित प्रदेश एकका उम्मेदवार युद्धविक्रम तामाङ र प्रदेश दुईका उम्मेदवार होमनारायण श्रेष्ठ मत माग्न गाउँघर केन्द्रित अभियानमै छन् । विकासका सुत्राधारको रूपमा परिचित उम्मेदवार नेता नेपाललाई सो क्षेत्रका जनताको पूर्ण समर्थन रहेको अधिकांशको आँकलन समेत रहेको छ ।

शुक्रवार बलेफी गाउँपालिका –६ मांखाको चुनावी सभामा एमालेका उम्मेदवारहरूलाई भव्य स्वागत सहित समर्थन रहेको छ । एमालेसँग मुख्य प्रतिस्पर्धा रहने नेपाली कांग्रसको सो क्षेत्रमा उम्मेदवार नभएकोले पनि एमाले उम्मेदवारलाई जनताको सहज समर्थन रहने धेरैको अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *