जि.एल.ए.प्रथम संस्करण हाजिरी जवाफको उपाधि कुण्डलिनी स्कुललाई

समाचार

काठमाडौँ । गोकर्णेश्वर लाइट एकेडेमीले मङ्सिर १६ र १७ गते आयोजना गरेको अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिताको उपाधि कुण्डलिनी स्कुलले पाएको छ । 

३५ विद्यालय सम्मीलित कार्यक्रममा नव अरुणिमा स्कुल दोस्रो ,हिल साइड एकेडेमी तेस्रो ,बाल सन्सार स्कुल, मनकामना मावि र जीवन तारा स्कुलले सान्त्वना स्थान प्राप्त गरेका थिए । 

कार्यक्रममा प्रथम , द्वितीय , तृतीय हुने टिमलाई क्रमशः ७०००,५०००  र ३००० हजार सहित सिल्ड मेडल र प्रमाणपत्र तथा बाँकी तीन टिमलाई सान्त्वना स्वरूप सिल्ड र प्रमाणपत्र  प्रदान गरिएको प्रिन्सिपल सौर्य आचार्यले जानकारी दिनुभयो।

मङ्सिर १७  भएको फाइनल कार्यक्रममा  सञ्चालक समिति अध्यक्ष झम्क नाथ पराजुलीको सभापतित्वमा ,प्रमुख अतिथि काठमाडौँ प्याब्सनका अध्यक्ष प्रेम कुमार राई, अतिथिहरू, प्याब्सन काठमाडौँ सचिव सुदर्शन थापा, सह सचिव ओम ढकाल,निसानको महासचिव नवराज सापकोटा ,ग्रिन आर्मी नेपालका अध्यक्ष सबिन शर्मा ,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण आचार्य लगायत विभिन्न विद्यालयका प्रिन्सिपल, शिक्षा सेवी व्यक्तित्वहरूको आतिथ्य तथा विभिन्न विद्यालयबाट भाग लिएका प्रतियोगी विद्यार्थीहरूको उपस्थिति रहेको थियो । 

विद्यालयका शिक्षक पशुपति सापकोटाद्वारा कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने  हाजिर जवाफको प्रश्नलाई कार्यक्रम संयोजक मधुसूदन ढुङ्गाना ,आनन्द क्षेत्री र एलिना रिजालले सोध्नुभएको थियो।  अन्त्यमा प्रिन्सिपल आचार्यद्वारा कार्यक्रममा सहभागी सम्पूर्ण विद्यालय तथा भव्यताका साथ कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण शिक्षक कर्मचारी लाई धन्यवाद दिनुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *