सिन्धुपाल्चोक । मांखा एकीकृत वचत तथा ऋण सहकारी संस्थाको चौधौँ साधारणसभाबाट नयाँ नेतृत्व पाएको छ ।
शुक्रबार खाडीचौरमा आयोजित सभाबाट डिल्लिराम पराजुलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । संस्थाको उपाध्यक्षमा देवकी तिमल्सिना, सचिवमा रामचन्द्र सुवेदी, कोषाध्यक्षमा गोविन्द नेपालसहितको एघार सदस्यको कार्यसमिति निर्माण गरिएको निर्वाचन समितिका संयोजक कृष्ण सुवेदीले जानकारि दिनुभयो । सदस्यहरुमा सरीता राउत, सविना श्रेष्ठ, दुर्गा नेपाल, सावित्री परानुली, मिसमाया तामाङ, सन्देश कार्की रहेका छन् भने लेखा समितिमा कमलप्रसाद पौडेलको नेतृत्व चयन भएको सुवेदीले जानकारी दिनुभयो ।
एक हजार सदस्य रहेको सहकारी संस्थामा पचास वटा समुहरु रहेका छन् । साविक गाउँ विकास समिति स्तरीय सहकारी संस्थाको अवधारणामा निर्माण भएको मांखा एकीकृतको हाल बलेफी गाउँपालिका वडा नंम्वर ६, ७ र ८ गरी तीन वडा सेवा क्षेत्र रहेका छन् । पचास वटा समुह मार्फत वचत र ऋण प्रवाह गरिररेको संस्थाले मुख्यतया कृषि, पशुपालन तथा ग्रामीण क्षेत्रमा कृषम तथा महिलाको आर्थिक उपार्जनमा टेवा पुर्याएको निवर्तमान सचिव तथा उपाध्यक्ष देवकी तिमल्सिनाले जानकारी दिनुभयो ।
संस्थाले डेढ करोड बढी कर्जा प्रवाह गरी स्थानीय क्षेत्रका नागरिकको आर्थिक उपार्जन तथा जीवनस्तर उकास्न प्रयत्नरत रहेको संस्थाका निवर्तमान कोषाध्यक्ष तथा सचिव रामचन्द्र सुवेदीले जानकारी दिनुभयो । साविक मांखा गाउँ बिकास समिति भित्र रहेको संस्थालाई पालिका स्तरीय वनाउने प्रयत्न निरन्तर रहेकोले आगामी दिनमा सो अभियानले पूर्णता पाउनेमा आफू विश्वस्त रहेको निवर्तमान अध्यक्ष निलप्रसाद नेपाल बताउनुहुन्छ । संस्थाको चौधौँ सभाको उद्घाटन गर्दै ग्रामीण क्षेत्रको नागरिकको जीवनस्तर उकास्न थप भूमिका निर्वाह गर्ने विश्वास नेकपा ९एमाले०का केन्द्रीय सदस्य सरेश नेपालले ब्यक्त गर्नुभयो ।
