सिन्धुपाल्चोक । मुलुकभर चिसो बढेर नागरिकहरु प्रभावित हुँदै गर्दा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नम्बर ६ का जेष्ठ तथा असक्त÷असहाय नागरिकहरुलाइ न्यानोका लागी जाकेट बितरण गरीएको छ ।
नेकपा एमाले बलेफी–६ नंम्वर वडा कमिटिको आयोजना र समाज सेवी भरत पराजुलीको ब्यवस्थापकीय सहयोगमा वडाका ३ सय भन्दा बढि लक्षित नागरीकहरुले यो सुबिधा पाएका हुन । ‘जेष्ठ नागरिकहरुलाई सम्मान सहित न्यानो कपडा वितरण गरिएको हो’, समाजसेवी पराजुलीले भन्नुभयो, ‘उहाँहरुले सकुनजेल हामीलाई सहयोग गर्नुभयो, उत्प्रेरणा भर्नुभयो अव हामीले उहाँहरुलाई सहयोग गर्नुपर्छ भन्ने लागेर यो कार्यक्रम गरिएको हो ।’ बलेफी –६ का जेष्ठ तथा अशक्त नागरिकहरुलाई खादा सहित सम्मान गर्दै न्यानो जाकेट वितरण गरिएको हो ।
स्थानीय संघ तथा प्रदेश सभा निर्वाचनमा सहभागी मतदाताहरुलाइ धन्यवाद सहित जेष्ठ नागरिकलाई सम्मान दिने उदेश्यले यो कार्यक्रम आयोजना गरीएको एमाले बलेफी–६ का वडा कमिटिका अध्यक्ष तेजबहादुर पराजुलीले जानकारी दिनुभयो ।
आफूसँग पैसा भएर पनि सुविधा लिन नसक्ने अवस्था भएका र परिवारका सदस्यहरु साथमा नभएका जेष्ठ नागरीकहरुको अवस्थालाइ मध्य नजर गर्दै यो सेवा क्षेत्रमा आफुले केहि लगानी गरेको समाज सेवी भरत पराजुलीले वताउनुभयो ।
नेकपा एमालेले बिभिन्न लक्षित समुदायहरुका लागी यस्ता सिर्जनात्मक कामहरु गर्दै आएको र यसलाइ ठाउँ अवस्था अनुसार निरन्तरता दिदै जाने पार्टि जिल्ला कमिटिका अध्यक्ष कमल नेपालले जानकारी दिनुभयो ।
चिसोका कारण आफूहरुलाइ बिभिन्न स्वास्थ्य समस्या हुने गरेको जेष्ठ नागरीक सुनमाया तामाङले वताउनुभयो । यो न्यानो कपडा जाकेटले धेरै सुविधा हुने र अव एकपटक जेष्ठ नागरीकको स्वास्थ्य परीक्षण गरीदिए अझ सजिलो हुने स्थानीय बाटुली बिकको अपेक्षा छ ।
यस वडाको मांखा स्थित कुवापानी, भन्ज्यांङ र तल्लो जालवारी लगायतका बस्तीमा जाकेट बितरण गरीएको छ । कार्यक्रम प्रभावकारी देखिएकाले अन्य बस्ती र वडाहरुमा पनि यसलाइ बिस्तारको प्रयास गरीने समाज सेवी तथा व्यवसायी पराजुलीले वताउनुभएको छ ।