ईले र बीर बहादुर संझदै एमालेले मनायो पिस्कर स्मृती दिवस

समाचार

पिस्कर । ३९ औ पिस्कर स्मृती दिवस शुक्रबार पिस्करमा मनाईएको छ । सहिद ईले र बीर ब थामीको संझना गर्दै दिवस मनाईएको हो ।


पिस्कर हत्याकाण्डको ३९ औँ वर्षमा नेकपा एमालेका नेताहरु सहिदभूमी पिस्करमा पुगी शहिदहरुको संझना, थामी संग्राहलयको अवलोकन, द्धन्द्धपीडित परिवारलाई सहयोग हस्तान्तरण, असाहय विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण तथा सहिद परिवार भेटघाट कार्यक्रम गरिएको हो ।
पिस्कर हत्याकाण्डको स्मरण गराउदै शुक्रबार सहिद स्मृती बाटिका पिस्करमा सहिद संम्झना कार्यक्रम सम्पन्न भएको नेकपा एमाले त्रिपुरा गाउँकमिटिका सचिव बासु अधिकारीले जानकारी दिनुभयो ।

नेकपा (एमाले) सल्लाहाकार परिषदका अध्यक्ष अमृत कुमार बोहरा, पोलिटब्युरोका सदस्य अरुण नेपाल, केन्द्रिय सदस्य सरेश नेपाल, कमल नेपाल, नेताहरु अमानसिं तामाङ, मेघनाथ पौडेल, बालकुमारी सापकोटालगायतका नेताहरुले शहिद ईले थामी र बीर ब. थामीको स्मारकमा माल्यार्पण गर्नभयो ।

निर्माणाधिन थामी साँस्कृतिक संग्रालय तथा शहिद बाटिकामा आयोजित संक्षिप्त समारोहमा बक्ताहरुले सामन्ती राजतन्त्रले धार्मिक, सांस्कृतिक पर्बमा जम्मा भएका गरीव सिधासाधा जनता माथी गरिएको मानबता बिरोधी नरसंहारको जति निन्दा र भत्सर्ना गरे पनि नपुग्ने भन्दै राजतन्त्रलाई हिन्दु सम्प्रदायका संरक्षक ठान्ने भ्रमबाट मुक्त हुनुपर्ने धारणा राखेका थिए ।


जगत साबित्री स्मृति फाउण्डेशनको तर्फबाट शहिद परिवारलाई उपलब्ध सहयोग बितरण गर्दै एमालेको पहलकदमीमा पिस्करको पुर्वाधार लगायतका क्षेत्रमा भएका काम र देखिएका उपलब्धिहरुको पनि चर्चा गरिएको थियो ।

निरंकुसता बिरुद्वको बिद्रोह सबै लोकतान्त्रिक शक्ति र कम्युनिष्टहरुको साझा आन्दोलन भएकोले शहिद स्मारक प्रति पुर्वाग्रह नराख्न र जनताको संघर्षलाई सम्मान गर्न एमाले नेताहरुले जोड दिएका छन् ।

नेकपा एमाले त्रीपुरासुन्दरी गाउँपालिका कमिटीको आयोजनामा भएको उक्त कार्यक्रमा सावित्री बोहोरा स्मृती प्रतिष्ठानको तर्फबाट द्वन्द्ध पीडित र गरिब बिध्यार्थीहरुलाई कपी, डड्पेन, झोला, क्याल्कुलेटर बितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *