किसुनजी प्रतिष्ठानद्वारा प्रजातन्त्र दिवसको अवसरमा विचार गोष्ठी एवम् सम्मान कार्यक्रम सम्पन्न

समाचार

काठमाडौँ । स्व.कृष्णप्रसाद भट्टराई (किसुनजी) प्रतिष्ठानले प्रजातन्त्र दिवसको अवसरमा आज विचार गोष्ठी एवम् सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रिय सभा गृहमा आज आयोजना गरिएको कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व उपकुलपति एवं संस्कृत विद् डा. जगमान गुरुङ, वरिष्ठ पत्रकार युवराज घिमिरेलगायतका बिच अन्तरक्रिया तथा विचार गोष्ठी कार्यक्रम सम्पन्न भएको हो ।

त्यस्तै, विचार गोष्ठीमा आफ्नो विचार प्रस्तुत गर्दै, कार्यक्रममा प्रमुख अतिथि बोधिसत्त्व स्वामी आनन्द अरुणले रुसको लेनिन भारतको गान्धी जस्तै नेपालको राष्ट्रपिताको रूपमा कृष्ण प्रसाद भट्टराई किसुनजीलाई घोषणा गर्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रमका अतिथि एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति वरिष्ठ संस्कृतविद् डा. जगमान गुरुङले देशमा संवैधानिक राजतन्त्र सहितको हिन्दु राज्यको आवश्यकता रहेको बताउनुभयो । उहाँले संवैधानिक राजतन्त्र सहितको हिन्दु राज्य र समाजवाद स्थापना हुनुपर्ने विषयमा जोड दिनुभयो ।

त्यस्तै, कार्यक्रममा वक्ताका रूपमा वरिष्ठ पत्रकार युवराज घिमिरेले नेपालको राजनीतिमा किसुनजी जस्ता निष्ठावान् नेताको खाँचो रहेको बताउनुभयो । उहाँले किसानजीको आवश्यकता देशलाई खड्को पारेको समेत बताउनुभयो ।

कार्यक्रमका सभापति तथा सन्त नेता कृष्ण प्रसाद भट्टराई ‘किसुनजी’ प्रतिष्ठानका अध्यक्ष एवम् नेपाली काँग्रेस बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठले किसानजीको स्मरण गर्दै पार्टी सभापति जस्तो पदमा हुँदा समेत उहाँले दुई वटा खल्तीको प्रयोग गरी व्यक्तिगत कामका लागी व्यक्तिगत खर्च र पार्टीको कामका निम्ति मात्र पार्टीको खर्च गर्ने किसानजीको विचारधारालाई अवलम्बन गर्दै अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले किसानजीलाई अमर अजर बनाइरहन यस्ता नेतालाई जो कसैले पनि कहिल्यै बिर्सन नहुने उहाँले बताउनुभयो । कार्यक्रममा जिउँदो सहिदको रूपमा मुकेश कायस्थको परिवारलाई सम्मान गरिएको थियो भने सहिदका रूपमा भीम बहादुर तामाङको परिवारलाई सम्मान पत्र सहिद नगद राशिले सम्मान गरिएको थियो ।

कार्यक्रममा समाजसेवी नरोत्तम वैद्यले शुभकामना मन्तव्य राख्नुभएको थियो । उक्त कार्यक्रमको सञ्चालन किसुनजी प्रतिष्ठानका सचिव राजु सुनारले सञ्चालन गर्नुभएको थियो । कार्यक्रमको आयोजना सन्त नेता कृष्णप्रसाद भट्टराई किसुनजी प्रतिष्ठानले गरेको हो । स्व. कृष्णप्रसाद भट्टराई किसानजीको सम्झनामा प्रतिष्ठानले विभिन्न कोणबाट सामाजिक एवं राजनीतिक कार्यहरू गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *