नेकपा (एमाले)को मिसन ग्रासरुट सिन्धुपाल्चोकमा सुरु

समाचार

नेकपा (एमाले) सिन्धुपाल्चोकले मिसन ग्रासरुट अभियान सुरु गरेको छ । सोमबार जिल्ला कमिटिको बैठकले निर्णय गर्दै नेताहरुलाई ग्रासरुट अभियानमा जोडिन भूगोल छुट्याउँदै अभियान सुरुवात भएको जनाएको छ ।

सो अभियान अन्तर्गत केन्द्रीय नेतृत्व पालिका तथा वडा तहसम्म पुग्नेछन् । सिन्धुपाल्चोककालागि केन्द्रीय कमिटीका सोम मिश्र, निर्मल भट्टराई, मनोजजंग थापा र माधव ढुंगेल आईतबार देखि नै भूगोलका कार्यक्रममा सामेल हुन सुरु भएको जिल्ला अध्यक्ष कमल नेपालले जानकारि दिनुभयो ।

पार्टी संगठन शुद्धीकरण तथा सुदृढीकरण र बिस्तार गर्दै जनतामाझ पार्टी स्थापित गर्न अभियान सार्थक हुने अध्यक्ष नेपाल बताउनुहुन्छ । चौतारा साँगाचोकगढी नगरपालिका, जुगल र ईन्द्रावती गाउँपालिकामा सोम मिश्र, बलेफी भोटेकोशी गाउँपालिका र बाह्रविसे नगरपालिकामा निर्मल भट्टराई, त्रिपुरासुन्दरी, लिसंखुपाखर र सुनकोशी गाउँपालिकामा मनोजजंग थापा, मेलम्ची नगरपालिका, पाँचपोखरी र हेलम्बु गाउँपालिकामा माधव ढुंगेल मिसन ग्रासरुट अभियानमा सहभागी हुने कार्यतालिका नेकपा एमालेले सार्वजनिक गरेको छ । केन्द्रीय नेतृत्व सँगै प्रदेश र जिल्लातहका नेताहरु समेत वडा तथा वस्ती सम्म अभियान लिएर पुग्ने कार्यतालिका जिल्ला कमिटिको बैठकले निर्माण गरेको छ । चुस्त संगठन निर्माण, सुदृढ एमाले निर्माण गर्दै पार्टी संगठन बिस्तारका लागि मिसन ग्रासरुट अभियानको औपचारिक सुरुवात सोमबारबाट भएको र यो अभियान दुई महिना संचालन हुने नेकपा एमाले सिन्धुपाल्चोककले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *