मेलम्चीमा “लैङ्गिक समानता र सामाजिक समावेशीकरण” सम्बन्धी तालिम

समाचार

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाको आर्थिक सहयोग र महिला आत्मनिर्भरता केन्द्रको आयोजनामा तीन दिने “लैङ्गिक समानता र सामाजिक समावेशीकरण” सम्बन्धी तालिम सुरु भएको छ ।

बिहीबार मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले मेलम्चीमा तालिमको शुभारम्भ गर्नुभएको हो ।

१४ गतेदेखि १६ गतेसम्म चल्ने सो तालिममा मेलम्ची नगरपालिका वडा नम्बर ९ का विभिन्न क्षेत्रका २५ जना भन्दा बढी सहभागी रहेका छन् ।

तालिमको शुभारम्भ गर्नुहुँदै नगर प्रमुख आइतमान तामाङले समाजमा रहेका आम मानिसहरूलाई समान ढङ्गले हेरिनुपर्ने बताउनुभयो । उहाँले समानता,समावेशीकरण र जातीय विभेदले गर्दा हुने विभेद हेपाइ कम गर्न सो तालिमले सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले तालिममा सिकेका कुरा समाजमा फैलाउन सबै सहभागीलाई आग्रहसमेत गर्नुभयो । “सासू बुहारी आमा छोरीबीच हुने विभेद झैँ झगडालाई न्यूनीकरण गर्न यहाँहरूले पक्कै पनि भूमिका खेल्नुहुनेछ”,नगर प्रमुख तामाङले भन्नुभयो ।

प्रमुख तामाङले लैङ्गिक समानता समावेशीकरणका तालिमका लागि नगर सधैँ अग्र भागमा रहेर सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै कार्यक्रममा बोल्नुहुँदै वडा नम्बर ९ का वडा अध्यक्ष किरण दीप खड्काले सबैले सबैको सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले सबैको सम्मानले मात्रै समानता हुने विचार व्यक्त गर्नुभयो ।

महिला आत्मनिर्भरता केन्द्रकी अध्यक्ष संचमाया स्याङबो, फेयरमेडका सिनियर प्रोजेक्ट अफिसर , बिबेचना सापकोटा , केन्द्रकी पूर्व अध्यक्ष डोल्मा तामाङको समेत उपस्थिति रहेको सो तालिममा आयोजक संस्थाका परियोजना संयोजक मनीषा हाडा प्रशिक्षक हुनुहुन्छ ।लैंगिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी पधाधिकारी हरुलाई सचेतनाका लागि तालिम आयोजना गरिएको हाडाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *