वृद्धाश्रममा फलफूल वितरण गर्दै अनेमसंघ सिन्धुपाल्चोकले मनायो मदन जयन्ती

समाचार

काठमाडौँ । अखिल नेपाल महिला सङ्घ सिन्धुपाल्चोकले मदन भण्डारीको जन्म जयन्तीको अवसरमा वृद्धाश्रममा फलपूmल वितरण गरेको छ ।
बिहीबार जिल्ला सदरमुकाम चौतारामा रहेको वृद्धाश्रम ज्येष्ठ नागरिक सँग अनेम सङ्घ नामक कार्यक्रम आयोजना गरी वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकहरूलाई फलपूmल तथा मिष्टान्न भोजन गराएको हो ।
तत्कालीन नेकपा एमालेका महासचिव तथा जननेता भण्डारीको जीवनीको चर्चा गर्दै ज्येष्ठ नागरिकसँग अनेमसंघ कार्यक्रम भएको हो । भण्डारीको जीवनीको चर्चा गर्दै नेकपा एमालेका सल्लाहकार परिषद्का सदस्य कृष्णराज श्रेष्ठले तत्कालीन समाजमा जुन किसिमले विश्व राजनीति र नेपाली समाजको अध्ययन, विश्लेषण गरी युगौँ सम्म चल्ने बिचार प्रतिपादन  गर्ने अब्बल नेताको रुपमा चित्रण गर्नुभयो । 
अनेमसंघ जिल्ला अध्यक्ष बालकुमारी सापकोटा, नेकपा एमाले सिन्धुपाल्चोकका  उपाध्यक्ष उमा प्रधान, सचिव रामचन्द्र नेपाल, राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य सुनिता अधिकारी, प्रेस चौतारी सिन्धुपाल्चोकका अध्यक्ष विदुर आचार्यलगायतको उपस्थितिमा मदन जयन्ती कार्यक्रम गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *