गैह्र आवासिय नेपाली संघ चीनले पायो नयाँ नेतृत्व अध्यक्षमा चौलागाई, महासचिवमा नेपाल

समाचार

काठमाडौँ । गैह्र आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् चीनले नयाँ नेतृत्व चयन गरेको छ । चीनको गोन्जावमा आईतबार (२३ जुलाई) समपन्न आठौ राष्ट्रिय महाधिवेशनबाट संघले निर्मल शर्मा चौलागाईको नेतृत्व प्राप्त गरेको हो । संघको महासचिवमा प्रदिप नेपाल निर्विरोध निर्वाचित भएका छन् । संघको आईसीसी सदस्यमा भने रोहित अग्रवाल निर्वाचित भएका छन् । यादव अर्याल र राजकुमार खरेलद्धय उपाध्यक्ष, सूर्यप्रताप राजवंशी र पुन्यवती सुवेदी सचिव, सुरज न्यौपाने कोषध्यक्ष, प्रदिप सिंह सह–कोषध्यक्ष, नविन किशोर दाहाल युवा संयोजक सहित २३ सदस्सिय नयाँ कार्यसमिति चयन भएका छन् ।
सदस्यहरुमा रवि रंजन कुशावाहा, सन्तोष भट्टराई, विकास वान्तावा राई, कृष्ण आचार्य, संजय कोईराला, दिपेश प्रसाई, प्रकाश धिमाल, सैलेश ठाकुर, कमल सापकोटा, विजय पराजुली, विकास सिग्देल र जेनिका धोजु निर्विरोध निर्वाचित भएका छन् । संघको अध्यक्ष पदमा निर्मल शर्मा चौलागाई र विष्णुप्रसाद दुमरु वीच प्रतिस्पर्धा भएको थियो । अध्यक्ष पदमा शुक्रवार निर्वाचन भएको थियो । निर्वाचन वाट चौलागाईले दुई सय ५ मत सहित निर्वाचित भएका हुन् । अध्यक्षका अर्का प्रतिस्पर्धी दुमरुले ६० मत प्राप्त गरेका छन् । अध्यक्ष वाहेकका अरु सबै पदमा भने निर्विरोध निर्वाचित भएको निर्वाचन आयुक्त मित्रलाल सापकोटाले जानकारि दिए । संघमा कुल दुई सय ६९ सदस्य रहेका छन् ।
‘नेपाली का लागि नेपाली’ नारा रहेको संघको महाधिवेशन पश्चात नव निर्वाचित पदाधिकारिहरुले सपथग्रहण तथा पदभार ग्रहण समेत गरेका छन् । पदभार ग्रहण पश्चात नवनिर्वाचित अध्यक्ष चौलागाईले सबै चीन बासी नेपालीहरुमाझ सल्लाह र मार्गनिर्देशको आह्वान गर्दै बिगतमा जस्तै सबै अटाउने एन आर एन ए बनाउने आफ्नो प्रयत्न रहने वताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *