सिन्धुपाल्चोक । राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलाईन्स) र भूमि अधिकार श्रमिक संगठन नेपालको नगर संगठन निर्माण भएको छ ।
आज एकै दिन जिल्ला सदरमुकाम चौतारामा दुबै संगठनको नगर समिति निर्माण भएको हो । राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलाईन्स)का केन्द्रीय अध्यक्ष मिनबहादुर शाहीले चौतारा साँगाचोकगढी नगर स्तरीय पहिलो भेलाको उद्घाटन गर्नुभयो । एलाईन्सले सीताराम गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
एलाईन्सको उपाध्यक्षमा सुनिता रखाल, निर्जना घले, सचिव देवि परियार(दीपा बर्देवा), कोषध्यक्ष प्रजिता अधिकारी, सदस्यहरुमा ऋषिराम नेपाल, शिव ढुंगाना, शुनिल बुढाथोकी, पुष्पा बस्नेत, गोपाल बस्नेत, मिलन राना, चित्रबहादुर दुलाल, रत्नबहादुर तामाङ र रञ्जना श्रेष्ठ चयन गरिएको एलाईन्सका जिल्ला अध्यक्ष नातीबावु धितालले जानकारि दिनुभयो ।
त्यस्तै भूमि अभिकार श्रमिक संगठनको नगर कमिटीको अध्यक्षमा केशव पौडेल चयन गरिएको छ । संगठनको उपाध्यक्षमा साईली तामाङ, सचिव नविन श्रेष्ठ, उपसचिव निर्माण श्रेष्ठ, कोषाध्यक्ष लक्ष्मी थापा खत्री, सदस्यहरुमा सुमित्रा थापा, यमबहादुर अधिकारी, रामचन्द्र चुहान, रहरमान तामाङ, खुदनाथ दंगाल, गोविन्द पराजुली, बविता श्रेष्ठ, बेलबहादुर श्रेष्ठ, ओममाया खड्का, सीता श्रेष्ठ, सरस्वती घले, पेम्वर लामा र बमबहादुर माझि चयन गरिएको संगठनका नेता माधव ढकालले जानकारि दिनुभयो । संगठनको स्थानीय तह सम्म संरचना निर्माण आवश्यक रहेकोले सोही नीति अवलम्वन गरिएको संगठनका केन्द्रीय सदस्य शम्भु सापकोटाले जानकारि दिनुभयो ।
कार्यक्रममा शुभकामना ब्यक्त गर्दै नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा सिन्धुपाल्चोक ईनचान्र्ज गोकुल बास्कोटाले सामाजिक परिवर्तनको लडाई अझै बाँकी रहेकोले मानव अधिकारको रक्षार्थ एलाइन्सको आवश्यकता र महत्व रहेको बताउनुभयो । एलाईन्सका केन्द्रीय सल्लाहकार कृष्ण सुवेदी, जिल्लाका संस्थापक अध्यक्ष तथा एमालेका सल्लाहकार परिषद सदस्य कृष्णराज श्रेष्ठ, नेता शुभाष कर्माचार्य, जनसंगठन समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङलगायतले एलाईन्सको महत्व वारे धारणा तथा विचार ब्यक्त गनुभयो ।
कार्यक्रममा नेकपा एमालेका नेता अमानसिं तामाङ, नेत्र दंगाल, सिन्धुपाल्चोकका अध्यक्ष कमल नेपाल, सचिव रामचन्द्र बस्नेत, , प्रदेश कमिती सदस्य बालकृष्ण देउजा, ईन्द्र नेपाल, बादल तामाङ, यज्ञराज सापकोटालगायत चौतारा नगरपालिकाको दुई सय बढी नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।