राष्ट्रिय युवा संघ नेपाल, सिन्धुपाल्चोकले जिलाब्यापी वृक्षारोपण कार्याक्रम सम्पन्न गरेको छ । केन्द्रिय कमिटीको पहिलो बैठकको निर्णय अनुरुप ‘एक युवा, पाँच बिरुवा’ अभियान अन्तर्गत राष्ट्रिय युवा संघ नेपाल सिन्धुपालचोकले जिललाका सबै स्थानीय तहमा आज वृक्षारोपण गरेको हो ।
राष्ट्रिय युवा संघ नेपालको एक महिने अभियान अन्तर्गत आज राष्ट्रिय युवा संघ नेपाल सिन्धुपाल्चोक जिल्ला कमिटीको निर्देशन अनुसार बलेफी गाउँपालिका कमिटीको आयोजनामा बलेफी गाउँपालिका वडा नम्बर –६ मा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा पूर्व मन्त्री सरेश नेपाल, संघका जिल्ला अध्यक्ष सुरज लामा, बलेफी गाउँ पार्टी कमिटी (नेकपा एमाले) का अध्यक्ष नारायणकाजी श्रेष्ठ, बफेफी गाउँपालिका वडा नंमवर ६ का अध्यक्ष तेजबहादुर पराजुली सहितको सहभागितामा र राष्ट्रिय युवा संघका युवाहरुको उपस्थितिमा बलेफी ६ को वडा कार्यालय खोलेखेतडाँडामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको संघका प्रवक्ता अभिशेक पराजुलीले जानकारि दिनुभयो ।
त्यस्तै मेलम्ची नगरपालिका वडा नं–३ हैबुङ स्थित लोकेश्वर महादेव मन्दिर परिसरमा वृक्षारोपण गरिएको युवासघं मेलम्ची नगरका सचिव कुमार तामाङले जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष अमित लामाले राष्ट्रिय युवा संघ नेपालले अब तमाम १६–४० उमेर समुहको युवाहरु बिच पुगी उद्यमशील बनाउन आवश्यक वातावरणको तयारी गरि देशको जनशक्ति विदेशिने कार्य रोक्नका लागी अभियान सञ्चालन गर्ने बताउनुभयो ।
नेकपा एमाले प्रदेश कमिटी सदस्य मित्रलाला चौलागाईं , उपेन्द्र तामाङ लगायत युवा संघ, अनेरास्ववियु र पार्टी नेताहरुको सहभागितामा कार्यक्रम भएको हो ।
मेलम्ची नगर कमिटीले हैबुङमा २ सय विरुवा रोपिएको सचिव तामाङले बताउनुभयो ।
‘एक युवा, ५ बिरुवा’ अभियानमा बाह्रबिसे नगरपालिकाको ढालेकुनामा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल बाह्रबिसे, अनेरास्ववियु बाह्रबिसे, नेकपा एमालेका नगर सहईन्चार्ज डि वि लामा तथा पार्टी नेतहरुको सहभागीतामा कार्यक्रम भएको हो ।
राष्ट्रिय युवा संघ नेपाल, सिन्धुपाल्चोकले आयोजना गरेको कार्यक्रममा ईन्द्रावती गाउँपालिकाको जिरो किलो, चौतारा साँगाचोकगढी नगरपालिकाको आहालडाडाँलगायतको स्थानमा वृक्षारोपण गरिएको जिल्ला सदस्य सुभाष अर्यालले जानकारि दिनुभयो ।