बलेफी–६ मा वडाबाटै सामाजिक सुरक्षा भत्ता

समाचार

बलेफी गाउँपालिका वडा नंम्वर – ६ ले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो किस्ताको सामाजिक सुरक्षा भत्ता आज (विहीबार) गाउँमै वितरण गरेको हो ।

वृद्धवृद्धा, एकल महिला तथा अपाङगहरुले पाउने सामाजिक सुरक्षा भत्ता सम्बन्धित वडा कार्यालयमार्फत नै पाएपछि वृद्धवृद्धाहरु खुशी भएका छन् ।

बैंकसम्म पुग्न कठीन हुने, बैंकमा गएर लामो लाइन बसेर भत्ता लिन झण्झट तथा सामान्य प्रक्रिया नमिल्दा भत्ता पाउन थप झण्झट हुने भएपछि वडा कार्यालयले बैंकसँग समन्वय गरेर सम्बन्धित वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था मिलाएको हो ।

दशैंको नजिकमा बैंकमा भिड पनि हुन्छ, वृद्धा बा, आमाहरुलाई असजिलो पनि हुने भएपछि बैंकसँग समन्वय गरेर वडाबाट नै भत्ता वितरणको सुरुवात गरिएको बलेफी गाउँपालिका वडा नंमवर – ६ ले जानकारि दिएको छ ।

बलेफी गाउँपालिका वडा नंम्वर –६ ले सबै किस्ता सामाजिक सुरक्षा भत्ता वडा कार्यालय बाटै वितरण गरेको र आज एक सय २५ जनालाई वडाबाटै भत्ता वितरण गरिएको समेत जानकारि दिएको छ ।

बलेफी गाउँपालिका वडा नंमवर – ६ ले विहीबार वडा नम्बर–६को वडा कार्यालय खोलेखेतडाँडाबाट सामाजिक सुरक्षा भत्ता बापतको रकम वितरण गरेको छ । बलेफी गाउँपालिका वडा नंमवर –६ का अध्यक्ष तेजबहादुर पराजुलीले सामाजिक सुरक्षा भत्ताको रकम वितरणको सुरुवात गर्नुभयो ।

सामाजिक सुरक्षा भत्ता वितरणको सुरु गर्दै अध्यक्ष पराजुलीले आपूm निर्वाचित भएदेखि नै ज्येष्ठ नागरिकहरुलाई वडाबाटै भत्ता वितरण सुरु गरिएको जानकारि दिनुभयो । ‘बैंकमा पुगेर भत्ता लिन कठीनाई भएको गुनासो बढेपछि वडाबाटै सामाजिक सुरक्षा भत्ता बाँड्ने निर्णय लिएका हौँ’, – अध्यक्ष पराजुलीले भन्नुभयो । वडा कार्यालयबाट भत्ताबापतको रकम पाउदा बैंकसम्म पुग्न दुःख नभएको र अन्य बेलामा पनि यसै गरी वडाबाटै भत्ता पाउनेमा स्थानिय विश्वस्त देखिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *