
सुनकोसीले ग¥यो पहिलोपटक सार्वजनिक सुनुवाई
भ्रष्टाचार र कमिशनको बारेमा गरेका प्रश्नमा सय प्रतिशत सेवाग्राहीले कूनै पनि कर्मचारीले कुनै कामबापत कमिशन नमागेको र आफूहरुले दिन नपरेको बताएका छन् ।
भ्रष्टाचार र कमिशनको बारेमा गरेका प्रश्नमा सय प्रतिशत सेवाग्राहीले कूनै पनि कर्मचारीले कुनै कामबापत कमिशन नमागेको र आफूहरुले दिन नपरेको बताएका छन् ।
ठोकर्पा । स्थानीय सरकारले न्यूनतमा गर्नुपर्ने कार्य पनि लामो समयदेखि गर्न नसक्दा स्थानीयहरुमा कस्तो प्रभाव पर्दो रहेछ भन्ने सिन्धुपाल्चोक जिल्लाको सुनकोसी गाउँपालिकामा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रमले प्रमाणित गरिदिएको छ ।
स्थानीय सरकारको पहिलो कार्यकालको प्रारम्भ अर्थात २०७४ सालदेखि नै भएता पनि गाउँपालिकाले कुनै पनि सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गर्न नसक्दा स्थानीयहरुमा असन्तुष्टि र गुनासोको चाङ नै थुप्रिएको थियो । तर आठवर्षपछि सो पालिकाले पहिलोपटक सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेपछि स्थानीयहरुले खुलेरै गुनासा र प्रश्नहरु तेस्राउने अवसर पाएका छन् ।
स्थानीयलाई स्थानीय सरकारसँग प्रत्यक्षरुपमा गुनासा, प्रश्न गर्ने र सूचना पाउने अवसर जुराइदिएको थियो सिन्धु एकता मिडिया प्रालिले । मिडियाको समन्वय र पालिकाको आयोजनामा पालिकाको वडा न १ मा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयले २०७४ सालदेखिकै गुनासाहरु बहालवाला अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष र कर्मचारीहरुलाई गरे । उनीहरुले पालिकाबाट हुँदै आएको विकास निर्माण, स्वास्थ्य, शिक्षा र जनजीविकाको सवालमा खुलेरै प्रश्न मात्र गरेनन् आगामी दिनहरु गर्नुपर्ने कार्यहरुको बारेमा पनि सुझाव प्रस्तुत गरे ।
पलिकाबाट उत्पादनमूलक कार्यमा भन्दा पनि अनुपात्दकमूलक योजनामा बढी खर्च गरिएको भन्दै अब आउने योजनाहरु मठमन्दिर, पार्क, कुलायन घर निर्माणमा नभई उत्पादनमूखी लक्षित हुनुपर्ने सुझाव समेत दिए ।
सुनकोसी १ का कृष्ण खत्रीले एकएक पाइला ठोकर्पा आधारभूत अस्पताल, एकघर एकधारा अभियान अन्तर्गतको खर्च विवरण सार्वजनिक नगरिएकोप्रति रोष प्रकट गरे । वडा न ५ का कुमार बस्नेतले गत वर्ष दुधमा अनुदान दिएको तर यस वर्ष नदिनुको कारणबारे प्रश्न गरे । पालिकाको आफ्नै भवन अहिलेसम्म निर्माण हुन नसकेप्रति स्थानीयले गुनासो गर्दै यो कार्यकालमा जसरी पनि भवन बनाउन आग्रह गरे ।
उठिएका प्रश्नहरुको जवाफ पालिका अध्यक्ष टपेन्द्र तिमििल्सना, उपाध्यक्ष कान्छी लामा, प्रमुख प्रशासकीय अधिकृत मोहन श्रेष्ठ, वडा अध्यक्ष र इञ्जिनियर बद्रि भुजेल लगायतले दिए ।
सबै प्रकृया पुरा गर्दै गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा एक्जिट पोलमार्फत सेवाग्राहीहरुलाई सोधिएको प्रश्नहरुको परिणाम पनि सार्वजनिक गरेको थियो । झण्डै पाँच घण्टाभन्दा बढी लामो सो कार्यक्रमा प्रस्तुत पोलको नतिजा अनुसार सुनकोसी गाउँपालिकाले गदै आएको कार्य सम्पादन र सेवा प्रवाहमा अब्बल देखिएको छ । कार्य सम्पादन, सेवा प्रवाह र कर्मचारीको व्यवहारबारे गरिएको प्रश्नमा ८० प्रतिशत सेवाग्राहीले सन्तोषजक रहेको प्रतिकृया दिएका छन् भने भ्रष्टाचार र कमिशनको बारेमा गरेका प्रश्नमा सय प्रतिशत सेवाग्राहीले कूनै पनि कर्मचारीले कुनै कामबापत कमिशन नमागेको र आफूहरुले दिन नपरेको बताएका छन् ।
कार्यक्रममा आफन प्रश्नहरु राख्न पाउदा स्थानीयहरु उत्साहित भएका थिए । उनीहरुले प्रत्यक ४ महिनामा यस्ता कार्यक्रम गर्नु पनि सुझाएका थिए । हुन पनि पारदर्शिता, सुशासन र जवाफदेहीता लोकतन्त्रको मेरुदण्ड नै हो । र यसलाई अनुभूति गराउने मुख्य माध्यम भनेकै सार्वजनिक सुनुवाई कार्यक्रम पनि हो ।
तर सिन्धुपाल्चोकको कतिपय स्थानीयतहहरुले आफूले गर्नुपर्ने यस्ता न्यूनतम् कार्यक्रम पनि नगर्ने र गरि हाले पनि झारो टार्ने किसिमले गर्दा जनतामा व्यवस्थाप्रति नै नैराश्यता बढ्दै गएको देखिन्छ । आफ्नो गाउँठाउँको सरकारले आफ्नै गाउँठाउँमा के कस्ता आयोजनाहरु के कसरी सञ्चालन गरिरहेको छ, त्यसको जानकारी र सूचना पाउने हकबाट बञ्चित हुँदे आएका सुनकोसीबासी भने सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गर्दा खुशी भए । र त उनीहरुले प्रत्येक चार महिनामा यस्ता कार्यक्रम हुनुपर्ने माग पनि गरे । अध्यक्ष तिमल्सिनाले लोकतान्त्रिक विधि र परिधिभित्र रहेर आफू जनतालाई सूचनाको हक प्रत्याभूति गराउन र जवाफदेहिताको भूमिका निर्वाह गर्न सधैं तत्पर रहेन प्रतिवद्धता जाहेर गरे ।