नेपाल एक भौगोलिक दृष्टिकोणले  वायुयानलाई प्रभाव पार्ने खालको क्षेत्र त हो । तर,नेपाली आकाश यति  सुरक्षित देखिदैँन किन?

२०८० साउन ९ गतेका दिन काठमाडौँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धुँवामय हुन पुग्यो । सौर्य एयरलाइन्स  जहाजले ११ बजे काठमाडौँबाट उडेर पोखरा पुग्न सकेन । विमानस्थल केहि समय अवरुद्ध भयो । विमानमा सवार १९ जना मध्ये १८ जना घटनास्थलमा नै मृत्युुवरण गर्न पुगे भने पाइलट भाग्यले बाच्न सफल भएका छन् ।

आम जनताले हवाई सुरक्षा कहिले पाउँछन् ?वर्षैसाल  हवाई दुर्घटनाले मन चिसो भइरहने नेपाली मनमा नेपाल सरकारले नेपाल  उड्‌यानमन्त्रालयले के कस्तो प्रावधान अपनाएको छ ? यो पनि प्रश्न चिन्ह नै छ ।

पोखराको  विमान दुर्घटनाको घाउ आले हुँदाहुँदै बारम्बार यस्तो घटना किन ?

अर्को विषय विदेशी भूमिमा वर्षौं चलेका जहाज किन किन्छ नेपालका कम्पनीले ?

फेरि समिति बन्ला तर यो समिति बनेपनि समितिले गल्तीलाई  ढाकछोप गरेरे कम्पनि तिरै ढल्किने  मनमा आशंका छँदैछ ।

यन्त्र हो कहिले काँही  प्राविधिक कठिनाई आउलान् तर बारम्बार यस्तो घटना दोहोरी रहनुले सरकारमाथि नै प्रश्न उठेको छ ।

गत वर्ष २०२३को ज्यानुअरीमा यति एअरलाइन्सको जहाज दुर्घटना भएर ६८यात्रु सहित सबैको मृत्यु भएको थियो ।

बुधबारको दिन सौर्य एअरलाई ‘सि -चेक’को लागि पोखरा लगिदै गरेको अवस्थामा १९जना सबार भएर जान दिने सम्बन्धि  निकायले लापरबाही  गरेको प्रष्ट छ ।

नेपालमा जति पनि जहाज दुर्घटनामा परेको छन्। त्यसको सत्यतथ्य बाहिर निकालिदैन जनतालाई गोप्य कुरा लुकाएरमात्र सूचना दिइन्छ ।यो विषयमा सम्बन्धित निकाएको ध्यान दीर्घकालीन रुपमा जान जरुरी  छ।