सौर्य एयरलाइन्स जहाज दुर्घटनाको अन्तर्य

नेपाल एक भौगोलिक दृष्टिकोणले  वायुयानलाई प्रभाव पार्ने खालको क्षेत्र त हो । तर,नेपाली आकाश यति  सुरक्षित देखिदैँन किन?

२०८० साउन ९ गतेका दिन काठमाडौँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धुँवामय हुन पुग्यो । सौर्य एयरलाइन्स  जहाजले ११ बजे काठमाडौँबाट उडेर पोखरा पुग्न सकेन । विमानस्थल केहि समय अवरुद्ध भयो । विमानमा सवार १९ जना मध्ये १८ जना घटनास्थलमा नै मृत्युुवरण गर्न पुगे भने पाइलट भाग्यले बाच्न सफल भएका छन् ।

आम जनताले हवाई सुरक्षा कहिले पाउँछन् ?वर्षैसाल  हवाई दुर्घटनाले मन चिसो भइरहने नेपाली मनमा नेपाल सरकारले नेपाल  उड्‌यानमन्त्रालयले के कस्तो प्रावधान अपनाएको छ ? यो पनि प्रश्न चिन्ह नै छ ।

पोखराको  विमान दुर्घटनाको घाउ आले हुँदाहुँदै बारम्बार यस्तो घटना किन ?

अर्को विषय विदेशी भूमिमा वर्षौं चलेका जहाज किन किन्छ नेपालका कम्पनीले ?

फेरि समिति बन्ला तर यो समिति बनेपनि समितिले गल्तीलाई  ढाकछोप गरेरे कम्पनि तिरै ढल्किने  मनमा आशंका छँदैछ ।

यन्त्र हो कहिले काँही  प्राविधिक कठिनाई आउलान् तर बारम्बार यस्तो घटना दोहोरी रहनुले सरकारमाथि नै प्रश्न उठेको छ ।

गत वर्ष २०२३को ज्यानुअरीमा यति एअरलाइन्सको जहाज दुर्घटना भएर ६८यात्रु सहित सबैको मृत्यु भएको थियो ।

बुधबारको दिन सौर्य एअरलाई ‘सि -चेक’को लागि पोखरा लगिदै गरेको अवस्थामा १९जना सबार भएर जान दिने सम्बन्धि  निकायले लापरबाही  गरेको प्रष्ट छ ।

नेपालमा जति पनि जहाज दुर्घटनामा परेको छन्। त्यसको सत्यतथ्य बाहिर निकालिदैन जनतालाई गोप्य कुरा लुकाएरमात्र सूचना दिइन्छ ।यो विषयमा सम्बन्धित निकाएको ध्यान दीर्घकालीन रुपमा जान जरुरी  छ।

  • निशान परियार

    Related Posts

    सो प्लिज कम ब्याक है !

    सरी ! म तपाईँलाई खुसी दिन पनि सक्दिन, म पनि खुसी हुन्न । त्यहीँ भएर अब हाम्रो प्रेमलाई यहीँ पूर्णविराम लगाऊँ। यहीँ थियो उसको अन्तिम मेसेज । के बोल्ने मैले…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुट्यो की?

    ४२ औँ पिस्कर स्मृति दिवसमा ‘जेलभित्रका सङ्घर्ष’ लोकार्पण

    सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु

    देशभर माघे संक्रान्तिको रौनक

    मकैको खोस्टाबाट घरायसी सामग्री निर्माणमा बलेफीका स्थानीय सक्रिय

    आत्मनिर्भर बचत तथा ऋण सहकारी संस्था लि.को २८औँ वार्षिक साधारण सभा सम्पन्न

    शैक्षिक गुणस्तर सुधारको अभियानमा सेतिदेवी शारदा मा.वि