७ जेष्ठ २०८३ सागाचोक सिन्धुपाल्चोक – गतिशील सामुदायिक सिकाइ केन्द्र को आयोजना र चौतारा सागाचोकगढि नगर स्तरिय सामुदायिक सिकाइ केन्द्र संजाल को समन्वयमा सिन्धुपाल्चोक जिल्लामा सन्चालननमा रहेका सामुदायिक सिकाइ केन्द्रहरुको प्रथम जिल्ला भेला सम्पन्न भयको छ । चौताराव्सागाचोकगढि नगरपालिका का नगर प्रमुख कृष्ण प्रसाद साप्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न सो भेलाले सामुदायिक सिकाइ केन्द्र जिल्ला संजाल गठन गरेकोछ । पदम प्रसाद पराजुली संयोजकत्वमा गठित जिल्ला संजाल सदस्यहरुमा क्रमस सदस्य श्री सुशिला दुलाल हेलम्बु गाउँपालिका ,सदस्य श्री मिना बिक हेलम्बु गाउँपालिका, सदस्य श्री नवराज धिताल पाँचपोखरी गापा, श्री नीलम तामाङ पाँचपोखरी गाउँपालिका ,सदस्य श्री पवित्रा रोकाया मेलम्ची नगरपालिका ,सदस्य श्री सुजिता पराजुली बलेफी गाउँपालिका ,सदस्य श्री सृजना सुवेदी बलेफी गाउँपालिका ,सदस्य श्री रिता आचार्य चौतारा साँगाचोक गढी नगरपालिका ,श्री अम्बिका पौडेल बारहविसे नगरपालिका , श्री संगीता नेपाल बाहबिसे नगरपालिका ,सदस्य श्री बि पी प्याकुरेल सुनकोशी गाउँपालिका ,श्री लक्ष्मी तिमल्सिना सुनकोशी गाउँपालिका, ऋषिप्रसाद सापकोटा त्रिपुरा सुन्दरी गाउँपालिका, श्री कुमारी जिरेल त्रिपुरा सुन्दरी गाउँपालिका , श्री विपिन नेपाल इन्द्रावती गाउँपालिका ,अनिता कुमारी तामाङ इन्द्रवती गाउँपालिका ,सदस्य श्री पार्वती घिमिरे जुगल गाउँपालिका रहनुभयको छ । १२ स्थानिय तह रहेको मा १० स्थानिय तहमा कृयशिल सामुदायिक सिकाइ केन्द्रको सहभागिता रहेको थियो । उक्त भेलाई चौतारा सागाचोकगढी नगरपालिका का सामाजिक बिकास समितिका संयोजक तथा वडा नँ १३ का वडा अध्यक्ष रामप्रसाद गौतम , शिक्षा बिकास तथ समन्वय इकाइ सिन्धुपाल्चोकका प्रमुख बैकुन्ठ सुवेदी र प्रमुख अतिथि नगर प्रमुख कृश्नप्रसाद साप्कोटाले शुभकामना मन्तव्य राखनु भयको थियो । चौतारा सागाचोकगढि नगर स्तरीय सामुदायिक सिकाइ केन्द्र सन्जालका यज्ञ प्रसाद दंगालकोअध्यक्षतामा सम्पन्न कार्यक्रममा गतिशील सा. सि. के. का अध्यक्ष पदम प्रसाद पराजुलोले स्वागत मन्तब्य राख्नुभयको थियओ भने इन्द्रावती सा. सि. के, का अध्यक्ष असोक पराजुलिले सन्चालन गर्नुभयको थियो । कार्यक्रममा जनजागृती मा बि का प्रध्यानाध्यापक धुर्बराज गिरिले कार्यपत्र प्रस्तुत गर्नुभयो ।








