भैँसीपालनबाट मनग्य आम्दानी

दिपिन ढुंगाना

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ का जीवन चालिसे दैनिक ८० लिटर दूध बिक्री गरी आम्दानी गरिरहेका छन् । उनी यस पेसाबाट आफू सन्तुष्ट रहेको बताउँछन् ।
उनको बिसमुरे फार्ममा १० भैँसी छन् । परिवारको साथले भैँसी पाल्न सहज रहेको उनी बताउँछन् । आफ्ना उमेरका अधिकांश विदेश गएका तर चालिसे अर्काको देशमा गएर काम गर्नुभन्दा आफ्नै गाउँमा भैँसीपालनमा गर्दा राम्रो आम्दानी हुने बताउँछन् ।
नगरपालिकाले बीमालगायतमा सहयोग गरे पनि अझै किसानलाई सहयोग गर्नुपर्ने उनको माग छ । घाँसपातका लागि केही असहज भए पनि अन्य धेरै दुःख नरहेको उनको भनाइ छ । बिहान साढे ४ बजेदेखि राति अबेरसम्म काममा व्यस्त रहँदा आफ्नै घरमा परिवारसँग बसेर दूध, दही र मोही खान पाउँदा आफूलाई विदेश जानुभन्दा धेरै खुसी र आनन्द रहेको उनी बताउँछन् ।
पछिल्लो समय जिल्लाका युवाहरू व्यावसायिक कृषिमा जोडिइरहेका छन् । जिल्लामा पनि व्यावसायिक खेती गर्ने र पशुपालनमा जोडिने बढिरहेका छन् । यसका कारण नगरपालिका दूध उत्पादनमा आत्मनिर्भर बनेको छ ।


विगतमा उत्पादित दूधलाई स्थानीय बजारका चिया पसलमा बिक्री गर्दै आएका किसानले अब भने सहकारीमार्फत सञ्चालित केन्द्रमा दूध बिक्री गर्ने गरेका छन् । दुग्ध उत्पादनका लागि व्यावसायिक पशुपालनमा अहिले युवाको आकर्षण बढिरहेको छ ।
अर्काको देशमा गएर काम गर्नुभन्दा आफ्नै गाउँमा भैँसीपालनमा गर्दा आम्दानी हुने र पछिल्लो समय पशु तथा कृषि क्षेत्रमा सरकारी अनुदान बढ्नुले पनि व्यक्तिगत रुपमा गाईवस्तु पाल्ने तथा दूध उत्पादन गर्ने किसान बढ्दै गएका छन् । गाईभैँसीको व्यावसायिक पालनका लागि सरकारले प्रत्येक किसानका लागि अनुदान दिने गरेको छ ।

  • Related Posts

    सोमबारबाट गुम्वामा यातायात संचालन हुने

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको कर्णाली भनेर चिनिने जुगल गाउँपालिका वडा नंमवर ३ मा सोमबारबाट यातायात संचालन हुने भएको छ । असोज १२ को बाढी र पहिरोका कारण अवरुद्ध सडक सोमबारबाट संचालनमा…

    तातोपानी नाका सञ्चालनमा ल्याउन सिन्धु एमालेको पहल 

    सिन्धुपाल्चोक । विपद्ग्रस्त क्षेत्र तातोपानीमा उमाले सिन्धुपाल्चोकका नेताहरूले अनुगमन गरेका छन् ।  असोज  १२ गतेको बाढी र पहिरोले क्षतविक्षत भएको अरनिको राजमार्ग र तातोपानी नाकाको अवस्था अवलोकन गरेका हुन् ।…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुट्यो की?

    सोमबारबाट गुम्वामा यातायात संचालन हुने

    सोमबारबाट गुम्वामा यातायात संचालन हुने

    तातोपानी नाका सञ्चालनमा ल्याउन सिन्धु एमालेको पहल 

    तातोपानी नाका सञ्चालनमा ल्याउन सिन्धु एमालेको पहल 

    ब्बाँसे पुग्यो बस

    ब्बाँसे पुग्यो बस

    बाढीपहिरो पीडित सिन्धुवासीलाई एनआरएन चीनको राहत

    बाढीपहिरो पीडित सिन्धुवासीलाई एनआरएन चीनको राहत

    कन्टेनरहरु दशैं अगाबै ल्याउन आवागमन सहज जरुरी !

    कन्टेनरहरु दशैं अगाबै ल्याउन आवागमन सहज जरुरी !

    नागरिक स्तरमा आशा लघुवित्त इन्द्रावती शाखाको ‘वित्तीय साक्षरता’ कार्यक्रम

    नागरिक स्तरमा आशा लघुवित्त इन्द्रावती शाखाको ‘वित्तीय साक्षरता’ कार्यक्रम