विद्या आर्जन माध्यमिक विद्यालय,कागेश्वरी नगरपालिकाकै सर्वोत्कृष्ट विद्यालय बन्न सफल

काठमाडौं । कागेश्वरीमनोहरा नगरपालिका–६ मूलपानीस्थित विद्या आर्जन माध्यमिक विद्यालय नगरकै सर्वोत्कृष्ट विद्यालय बन्न पटक पटक सफल भएको छ ।

२०८० सालको एसईई परीक्षामा ३.७२ औषत उपलब्धि स्तर (जीपीए) नतिजा ल्याएर नगरकै सर्वोत्कृष्ट विद्यालय बनेको हो ।

२६ जना सम्मिलित परीक्षामा सन्दिप थापाले ४ जिपिए प्राप्त गरेका छन् । यसैगरी ८ जनाले ३.९ भन्दामाथि जिपिए ल्याएका छन्। ३.६ जिपिए भन्दामाथि अर्थात् (A+) जम्मा १९ जना र ३.२ भन्दामाथि अर्थात् (ए) ७ जना विद्यार्थीले  ल्याएका हुन् ।

यसअघि नै २०७४२०७८ सालमा नगरपालिकाकै सर्वोत्कृष्ट विद्यालय बन्न सफल विद्या आर्जन माध्यमिक विद्यालयलाई नगरपालिकाले नगद पुरस्कारसहित सम्मान प्रदान गरेको थियो। अनुशासित विद्यार्थी, योग्य एवं अनुभवी शिक्षक,  लगनशील कर्मचारी, दक्ष व्यवस्थापक साथै सहयोगी अभिभावकको संयुक्त प्रयासले नै  उपलब्धि हासिल गरेको विद्यालयका प्रधानाध्यापक घनेन्द्र भट्टराईले बताउनुभयो ।

फेरि पनि नगरकै सर्वोत्कृष्ट विद्यालय बन्न सफल भएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो,’विद्यालयलाई हरेक वर्ष उत्कृष्ट बनाउने हाम्रो लक्ष्य रहनेछ।’ 

उहाँले ‘उत्कृष्टताको निरन्तरता’ भन्ने नारालाई विद्यालयले कायम गर्न सफल भएको बताउनुभयो । प्राप्त  उपलब्धिको निरन्तरतामा आफूहरु कटिबद्ध भएर लागेको  उहाँको भनाइ छ । वर्षौदेखिको अथक प्रयास परिणाममुखी बन्दै गएकोमा थप हौसला मिलेको उहाँले बताउनुभयो ।

२०४८ सालमा स्थापित यो विद्यालयले दिनानुदिन प्रगति गर्दै गरेको र आगामी दिनहरूमा पनि  विद्यालयको गरिमालाई जोगाई राख्न साथै यस क्षेत्रकै शैक्षिक केन्द्रका  रुपमा स्थापित गर्न कटिबद्ध भएर लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री गणेश दाहालले बताउनुभयो ।

  • निशान परियार

    Related Posts

    मौसम तथा जलवायु सूचना सेवा (WCIS) प्रणाली सम्बन्धि अभिमुखिकरण तालिम कार्यक्रम सम्पन्न।

    ५ बैशाख २०८३ चौतारा सिन्धुपाल्चोक सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ सिन्धुपाल्चोकको आयोजना र बि. बि. सि. मिडिया एक्सनको आर्थिक सहयोगमा मौसम तथा जलवायु सूचना सेवा (WCIS) प्रणाली सम्बन्धि…

    सुनकोशी गाउँपालिकामा शैक्षिक उत्कृष्टता सम्मान कार्यक्रम सम्पन्न

    सिन्धुपाल्चोक खाडीचौर ‌। सुनकोशी गाउँपालिकामा शैक्षिक सत्र २०८१ अन्तर्गत कक्षा ५, ८, १० र १२ का उत्कृष्ट विद्यालय, शिक्षक तथा विद्यार्थीहरूलाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले आयोजित कार्यक्रम भव्य रूपमा…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुट्यो की?

    कालिन्चोक दर्शन गरेर फर्किने क्रममा जिरी सडकखण्डमा कार दुर्घटना, पाँच जना घाइते

    कालिन्चोक दर्शन गरेर फर्किने क्रममा जिरी सडकखण्डमा  कार दुर्घटना, पाँच जना घाइते

    पिछडिएको बस्तीका किशोर–किशोरीसँग स्वास्थ्य सचेतना अन्तरक्रिया सम्पन्न

    पिछडिएको बस्तीका किशोर–किशोरीसँग स्वास्थ्य सचेतना अन्तरक्रिया सम्पन्न

    मौसम तथा जलवायु सूचनासेवा सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न

    मौसम तथा जलवायु सूचनासेवा सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न

    आइतबार देशका यी स्थानमा हुने छ वर्षा

    सुनकोशी गाउँपालिकामा विपद् व्यवस्थापन तालिम सुरु

    सुनकोशी गाउँपालिकामा विपद् व्यवस्थापन तालिम सुरु

    सडक दुर्घटना न्यूनीकरणका लागि सचेतना कार्यक्रम सम्पन्न

    सडक दुर्घटना न्यूनीकरणका लागि सचेतना कार्यक्रम सम्पन्न