विद्यार्थीलाई एमाले नेताको न्यानो पोसाक वितरण

चौतारा पुस २० गते ।
सिन्धुपाल्चोक बलेफी गाउँपालिका–६ स्थित श्री सातकन्या आधारभूत विद्यालयका सम्पूर्ण विद्यार्थीहरूलाई विद्यालय पोसाक (ट्र्याक सेट) वितरण गरिएको छ। नेकपा एमाले बलेफी गाउपालिका अध्यक्ष तथा समाजसेवी नारायणकाजी श्रेष्ठको आर्थिक सहयोगमा उक्त कार्यक्रम आइतबार सम्पन्न भएको हो ।

विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघकाे संयोजक सुशीला पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रम बलेफी गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष तेजबहादुर पराजुलीको विशेष उपस्थितिमा न्यानो पोसाक वितरण कार्य्प सम्पन्न भएको थियो।

बलेफी गाउँपालिका वडा नं. ६, अधेँरी निवासी समाजसेवी तथा शैक्षिक व्यक्तित्व श्रेष्ठज्यूको सहयोगमा बालविकासदेखि कक्षा ८ सम्म अध्ययनरत करिब ८५ जना विद्यार्थी भाइबहिनीहरूलाई विद्यालयमै न्यानो विद्यालय पोसाक वितरण गरिएको हो।

कार्यक्रममा विद्यालयका सम्पूर्ण शिक्षक तथा कर्मचारी, विद्यालय व्यवस्थापन समिति र शिक्षा अभिभावक समितिका पदाधिकारीहरू, अभिभावकहरू, वडा सदस्यहरू साथै स्थानीय बुद्धिजीवी तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष तेजबहादुर पराजुलीले विद्यार्थीहरूको शैक्षिक निरन्तरता कायम राख्न यस्ता सहयोगात्मक कार्यक्रम अत्यन्तै प्रभावकारी हुने बताउनुभयो।
त्यसैगरी न्यानो पोसाक वितरण गर्दै समाजसेवी तथा नेकपा एमाले बलेफी गाउँपालिका कमिटी अध्यक्ष नारायणकाजी श्रेष्ठज्यूले जाडोयाममा बालबालिकाहरू नियमित रूपमा विद्यालय उपस्थित हुन सहज होस् भन्ने उद्देश्यले सहयोग गरिएको बताउनुभयो।

विद्यालय परिवारले सहयोगी मनका धनी नारायणकाजी श्रेष्ठज्यूको उत्तरोत्तर प्रगति, सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दै आगामी दिनहरूमा पनि विभिन्न शैक्षिक तथा सामाजिक क्षेत्रमा निरन्तर सहयोगको अपेक्षा सहित हार्दिक धन्यवाद तथा शुभकामना व्यक्त गरेको छ।

  • निशान परियार

    Related Posts

    आइतबार देशका यी स्थानमा हुने छ वर्षा

    सिन्धुपाल्चोक खाडीचौर । आइतबार मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती…

    उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

    प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले आजदेखि पदभार ग्रहण गरेकी छन् ।यही चैत २७ गतेको प्रतिनिधिसभा बैठकबाट सो पदमा निर्वाचित उपसभामुख ठाकरले सिंहदरबारस्थित कार्यालयमा पुगेर पदबहाली गरेकी हुन् । उपसभामुख ठाकुरले आजै…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुट्यो की?

    कालिन्चोक दर्शन गरेर फर्किने क्रममा जिरी सडकखण्डमा कार दुर्घटना, पाँच जना घाइते

    कालिन्चोक दर्शन गरेर फर्किने क्रममा जिरी सडकखण्डमा  कार दुर्घटना, पाँच जना घाइते

    पिछडिएको बस्तीका किशोर–किशोरीसँग स्वास्थ्य सचेतना अन्तरक्रिया सम्पन्न

    पिछडिएको बस्तीका किशोर–किशोरीसँग स्वास्थ्य सचेतना अन्तरक्रिया सम्पन्न

    मौसम तथा जलवायु सूचनासेवा सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न

    मौसम तथा जलवायु सूचनासेवा सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न

    आइतबार देशका यी स्थानमा हुने छ वर्षा

    सुनकोशी गाउँपालिकामा विपद् व्यवस्थापन तालिम सुरु

    सुनकोशी गाउँपालिकामा विपद् व्यवस्थापन तालिम सुरु

    सडक दुर्घटना न्यूनीकरणका लागि सचेतना कार्यक्रम सम्पन्न

    सडक दुर्घटना न्यूनीकरणका लागि सचेतना कार्यक्रम सम्पन्न