नयाँ वर्षकै दिन अरनिको राजमार्गमा दुर्घटना : एकको मृत्यु, तीन घाइते

सिन्धुपाल्चोक, वैशाख २ — नयाँ वर्ष २०८३ को पहिलो दिन सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत बलेफी गाउँपालिका–८, नयाँपुलमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

प्रहरीका अनुसार वैशाख १ गते अपराह्न करिब १६:१४ बजे बाह्रबिसेतर्फबाट लामोसाँघुतर्फ जाँदै गरेको बा.प्र. ०२–०४९ प ७७६२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०३–०२–००१ प ९०७६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो।दुर्घटनापछि तत्कालै प्रहरी चौकी लामोसाँघुबाट प्रहरी नायब निरीक्षक बुक बहादुर राउतको कमाण्डमा चार जनाको टोली तथा इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट प्रहरी निरीक्षक कृष्ण खड्काको कमाण्डमा पाँच जनाको टोली घटनास्थलमा खटिएको थियो। घाइतेहरूलाई उद्धार गरी सिन्धु सदाबहार अस्पताल, लामोसाँघु र बाह्रबिसे नगर अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनामा सुनकोशी गाउँपालिका–६ निवासी २५ वर्षीय जीवन खत्री गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा सिन्धु सदाबहार अस्पताल, लामोसाँघुमा साँझ १७:२० बजे मृत्यु भएको हो।त्यसैगरी, त्रिपुरासुन्दरी गाउँपालिका–३ निवासी १४ वर्षीय जितबहादुर श्रेष्ठको टाउकोमा गम्भीर चोट लागेको छ। उनलाई थप उपचारका लागि धुलिखेल अस्पताल रिफर गरिएको छ।यस्तै, बा.प्र. ०३–०२–००१ प ९०७६ नम्बरको मोटरसाइकल चालक बाह्रबिसे नगरपालिका–६ निवासी २९ वर्षीय कुमार तामाङ र पछाडि सवार उनकी श्रीमती ३१ वर्षीया सुनिता तामाङ सामान्य घाइते भएका छन्। उनीहरूको बाह्रबिसे नगर अस्पतालमा उपचार भइरहेको छ।दुर्घटनामा संलग्न दुवै मोटरसाइकलमा क्षति पुगेको छ भने सडक अवरुद्ध नभई सवारी आवागमन नियमित रूपमा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

  • निशान परियार

    Related Posts

    कालिन्चोक दर्शन गरेर फर्किने क्रममा जिरी सडकखण्डमा कार दुर्घटना, पाँच जना घाइते

    सिन्धुपाल्चोक खाडीचौर। सिन्धुपाल्चोक, २०८३ वैशाख ३० — दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल कालिन्चोक दर्शन गरेर हेटौडा फर्किने क्रममा जिरी सडकखण्ड अन्तर्गत सुनकोशी गाउँपालिका–७ स्थित “२ किलो” क्षेत्रमा आज एउटा…

    सडक दुर्घटना न्यूनीकरणका लागि सचेतना कार्यक्रम सम्पन्न

    सिन्धुपाल्चोक चौतारा। सिन्धुपाल्चोकको केही स्थानहरूमा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले इलाका प्रहरी कार्यालय बाह्रविसे र प्रहरी चौकी लामोसाँघुको संयुक्त पहलमा सडक सचेतना कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम इलाका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुट्यो की?

    जल्बिरे भ्यालि क्यामपस सञ्चालक समितिको अध्यक्षमा चन्द्र सापकोटा र उपाध्यक्षमा अमृत थापा सर्वसम्मत निर्वाचित

    जल्बिरे भ्यालि क्यामपस सञ्चालक समितिको अध्यक्षमा चन्द्र सापकोटा र उपाध्यक्षमा अमृत थापा सर्वसम्मत निर्वाचित

    सामुदायिक सिकाइ केन्द्र जिल्ला संजाल गठन

    सामुदायिक सिकाइ केन्द्र जिल्ला संजाल गठन

    समाजसेवी खड्काको सहयोगमा सुनकोशीका ४ विद्यालयलाई महावीर पुनका पुस्तक वितरण

    समाजसेवी खड्काको सहयोगमा सुनकोशीका ४ विद्यालयलाई महावीर पुनका पुस्तक वितरण

    कालिन्चोक दर्शन गरेर फर्किने क्रममा जिरी सडकखण्डमा कार दुर्घटना, पाँच जना घाइते

    कालिन्चोक दर्शन गरेर फर्किने क्रममा जिरी सडकखण्डमा  कार दुर्घटना, पाँच जना घाइते

    पिछडिएको बस्तीका किशोर–किशोरीसँग स्वास्थ्य सचेतना अन्तरक्रिया सम्पन्न

    पिछडिएको बस्तीका किशोर–किशोरीसँग स्वास्थ्य सचेतना अन्तरक्रिया सम्पन्न

    मौसम तथा जलवायु सूचनासेवा सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न

    मौसम तथा जलवायु सूचनासेवा सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न