गणतन्त्र र संघीयतासँगै सिन्धुपाल्चोकमा विकासको फड्को

चौतारा, जेठ २८ गते ।

गणतन्त्र स्थापना र संघीयता कार्यान्वयनसँगै सिन्धुपाल्चोक जिल्लामा स्थानीय विकासले उल्लेखनीय फड्को मारेको छ । नेपालको संविधान कार्यान्वयनको अभ्यास सुरु भएपछि संघीय संरचनाअन्तर्गत प्रदेश तथा स्थानीय तहमार्फत विकास निर्माणका काम तीव्र गतिमा अघि बढेका हुन् । स्थानीय नागरिकका अनुसार विगतको तुलनामा पछिल्ला वर्षहरूमा सडक, शिक्षा, स्वास्थ्य, खानेपानी तथा कृषि क्षेत्रमा उल्लेखनीय सुधार देखिएको छ । जिल्लाका अधिकांश स्थानीय तहका केन्द्रदेखि वडा कार्यालयसम्म पक्की सडक निर्माण भएका छन् भने ग्रामीण बस्तीहरूमा समेत सडक पहुँच विस्तार भएको छ

शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारशिक्षा क्षेत्रमा पनि ठूलो परिवर्तन आएको छ । शिक्षा विकास तथा समन्वय एकाइ सिन्धुपाल्चोकका अनुसार जिल्लाका करिब ९० प्रतिशतभन्दा बढी विद्यालयमा पक्की भवन निर्माण सम्पन्न भएको छ । यसले विद्यार्थीलाई सुरक्षित तथा व्यवस्थित शैक्षिक वातावरण उपलब्ध गराएको छ ।स्वास्थ्य सेवामा समेत पहुँच विस्तार भएको छ । सबै स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा पुगेको मात्र नभई कतिपय पालिकामा अस्पताल निर्माण गरिएका छन् । सुनकोशी, पाँचपोखरी गाउँपालिका तथा मेलम्ची, बाह्रबिसे नगरपालिकामा अस्पताल सञ्चालन गरिएका छन् । जिल्ला अस्पतालका रूपमा रहेको चौतारा अस्पताललाई स्तरवृद्धि गरी ५० शय्याको अस्पताल बनाइएको छ । यसले जिल्लावासीलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुगेको छ ।पूर्वाधार र स्थानीय उत्पादनमा वृद्धिप्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालयमार्फत जिल्लाभर दर्जनाौँ सडक स्तरवृद्धिको काम भइरहेको छ । पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रकाश पौडेलका अनुसार कतिपय सडक निर्माण सम्पन्न भइसकेका छन् भने केही सडक स्तरवृद्धिको चरणमा रहेका छन् ।स्थानीय तहहरूले कृषि, पशुपालन तथा आयआर्जनसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्दा ग्रामीण नागरिकको आयस्तर र उत्पादनमा वृद्धि भएको पाँचपोखरी थाङ्पाल गाउँपालिकाकी उपाध्यक्ष सुनिता अधिकारी बताउनुहुन्छ । उहाँका अनुसार स्थानीय सरकारमार्फत सञ्चालन भएका कार्यक्रमले नागरिकलाई स्वरोजगार बन्न प्रेरित गरेका छन् ।त्यस्तै बलेफी गाउँपालिका वडा नं. ६ का अध्यक्ष तेजबहादुर पराजुलीले खानेपानी, सडक पहुँच, पर्यटन, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र समावेशिताका क्षेत्रमा स्थानीय तहले प्रभावकारी काम गरिरहेको बताउनुभयो । स्थानीय तहका जनप्रतिनिधिहरूका अनुसार संघीय शासन व्यवस्थाले गाउँगाउँमा विकास पुर्‍याउन सहज बनाएको छ । सामाजिक तथा भौतिक पूर्वाधार निर्माणका कामले नागरिकको दैनिक जीवनमा सकारात्मक परिवर्तन देखिन थालेको सुनकोशी गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाको भनाइ छ ।

  • निशान परियार

    Related Posts

    सुनकोशी नदीमा जलजन्य विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न

    चौतारा सिन्धुपाल्चोकका। सिन्धुपाल्चोक । मनसुनजन्य विपद्का कारण हुन सक्ने सम्भावित जोखिम तथा क्षति न्यूनीकरण गर्ने उद्देश्यले जिल्लाको सुकुटेस्थित सुनकोशी नदीमा जल उत्पन्न विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास (Simulation Exercise)…

    समाजसेवी खड्काको सहयोगमा सुनकोशीका ४ विद्यालयलाई महावीर पुनका पुस्तक वितरण

    सिन्धुपाल्चोकका चौतारा। महावीर पुन का आविष्कार र आत्मकथासम्बन्धी पुस्तकहरू सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका अन्तर्गतका चार विद्यालयमा वितरण गरिएको छ।सुनकोशी गाउँपालिका–५ स्थित बर्दानेश्वर महादेव मन्दिर संरक्षण संस्था को पहलमा वडा नं. १…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुट्यो की?

    गणतन्त्र र संघीयतासँगै सिन्धुपाल्चोकमा विकासको फड्को

    गणतन्त्र र संघीयतासँगै सिन्धुपाल्चोकमा विकासको फड्को

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    सदाबहार साना किसान कृषि सहकारीको प्रथम अधिवेशन सम्पन्न, देवकी तिमल्सिना अध्यक्षमा चयन

    सदाबहार साना किसान कृषि सहकारीको प्रथम अधिवेशन सम्पन्न, देवकी तिमल्सिना अध्यक्षमा चयन

    सुनकोशी नदीमा जलजन्य विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न

    सुनकोशी नदीमा जलजन्य विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न

    जल्बिरे भ्यालि क्यामपस सञ्चालक समितिको अध्यक्षमा चन्द्र सापकोटा र उपाध्यक्षमा अमृत थापा सर्वसम्मत निर्वाचित

    जल्बिरे भ्यालि क्यामपस सञ्चालक समितिको अध्यक्षमा चन्द्र सापकोटा र उपाध्यक्षमा अमृत थापा सर्वसम्मत निर्वाचित

    सामुदायिक सिकाइ केन्द्र जिल्ला संजाल गठन

    सामुदायिक सिकाइ केन्द्र जिल्ला संजाल गठन