सुनकोशी गाउँपालिकामा शैक्षिक उत्कृष्टता सम्मान कार्यक्रम सम्पन्न

सिन्धुपाल्चोक खाडीचौर ‌।

सुनकोशी गाउँपालिकामा शैक्षिक सत्र २०८१ अन्तर्गत कक्षा ५, ८, १० र १२ का उत्कृष्ट विद्यालय, शिक्षक तथा विद्यार्थीहरूलाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले आयोजित कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि गर्ने र उत्कृष्टता हासिल गर्नेहरूलाई हौसला प्रदान गर्ने हेतुले कार्यक्रम आयोजना गरिएको गाउँपालिकाले जनाएको छ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले शिक्षा विकास नै समृद्ध समाज निर्माणको आधार भएको उल्लेख गर्दै उत्कृष्ट कार्य गर्ने विद्यालय, शिक्षक तथा विद्यार्थीहरूलाई सम्मान गर्नुले अझ राम्रो गर्न प्रेरणा मिल्ने बताउनुभयो। उहाँले आगामी दिनमा पनि शिक्षालाई प्राथमिकतामा राख्दै विभिन्न सुधारात्मक कार्यक्रमहरू सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।उपाध्यक्ष कान्छी लामाले शिक्षकहरूको समर्पण, विद्यालयको व्यवस्थापन पक्षको सक्रियता र विद्यार्थीहरूको मेहनतले नै यस्ता उपलब्धि सम्भव भएको उल्लेख गर्दै सबै पक्षलाई निरन्तर सुधारतर्फ अग्रसर हुन आग्रह गर्नुभयो। त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत हरेन्द्र चौधरीले शैक्षिक गुणस्तर सुधारमा स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको बताउँदै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू ल्याइने जानकारी दिनुभयो।कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालय, शिक्षक तथा विद्यार्थीहरूलाई प्रमाणपत्र, दोसल्ला तथा प्रोत्साहन सामग्री प्रदान गरिएको थियो।यस किसिमको सम्मान तथा प्रोत्साहन कार्यक्रमले शिक्षा क्षेत्रमा प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्नुका साथै शिक्षक, विद्यार्थी र विद्यालय व्यवस्थापनलाई अझ जिम्मेवार र प्रेरित बनाउने अपेक्षा गरिएको छ।

  • निशान परियार

    Related Posts

    मौसम तथा जलवायु सूचना सेवा (WCIS) प्रणाली सम्बन्धि अभिमुखिकरण तालिम कार्यक्रम सम्पन्न।

    ५ बैशाख २०८३ चौतारा सिन्धुपाल्चोक सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ सिन्धुपाल्चोकको आयोजना र बि. बि. सि. मिडिया एक्सनको आर्थिक सहयोगमा मौसम तथा जलवायु सूचना सेवा (WCIS) प्रणाली सम्बन्धि…

    सुनकोशी गाउँपालिकामा बालअधिकार सुदृढीकरणका लागि प्रभावकारी, पैरवी बैठक सम्पन्न

    सिन्धुपाल्चोक। सुनकोशी गाउँपालिका, चैत १६, २०८२ — बालबालिकाको हक, हित, संरक्षण र समग्र विकासलाई केन्द्रमा राख्दै सुनकोशी गाउँपालिकामा एक महत्वपूर्ण पालिका स्तरीय पैरवी बैठक भव्य रूपमा सम्पन्न भएको छ। उक्त…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुट्यो की?

    आइतबार देशका यी स्थानमा हुने छ वर्षा

    सुनकोशी गाउँपालिकामा विपद् व्यवस्थापन तालिम सुरु

    सुनकोशी गाउँपालिकामा विपद् व्यवस्थापन तालिम सुरु

    सडक दुर्घटना न्यूनीकरणका लागि सचेतना कार्यक्रम सम्पन्न

    सडक दुर्घटना न्यूनीकरणका लागि सचेतना कार्यक्रम सम्पन्न

    मौसम तथा जलवायु सूचना सेवा (WCIS) प्रणाली सम्बन्धि अभिमुखिकरण तालिम कार्यक्रम सम्पन्न।

    मौसम तथा जलवायु सूचना सेवा (WCIS) प्रणाली सम्बन्धि अभिमुखिकरण तालिम कार्यक्रम सम्पन्न।

    नयाँ वर्षकै दिन अरनिको राजमार्गमा दुर्घटना : एकको मृत्यु, तीन घाइते

    उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण