सुनकोशी गाउँपालिकामा विपद् व्यवस्थापन तालिम सुरु

सिन्धुपाल्चोक चौतारा।

सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका र सशस्त्र प्रहरी बल नेपाल नम्बर १६ गण हेडक्वार्टरको संयुक्त आयोजनामा समुदायस्तरमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन क्षमताको अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको समुदाय विपद् स्वयंसेवक तालिम आजबाट औपचारिक रूपमा सुरु भएको छ। स्थानीय तहमा सम्भावित प्राकृतिक तथा मानवसिर्जित विपद्का घटनाहरूको प्रभावकारी रूपमा सामना गर्न सक्षम जनशक्ति तयार पार्ने लक्ष्यसहित उक्त तालिम सञ्चालनमा ल्याइएको हो।

तालिम उद्घाटन कार्यक्रमका प्रमुख अतिथि सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी रहनुभएको थियो। उहाँले कार्यक्रममा बोल्दै विपद् व्यवस्थापनमा समुदायको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै यस्ता तालिमहरूले स्थानीयस्तरमा जनचेतना अभिवृद्धि गर्नुका साथै व्यवहारिक सीप विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।कार्यक्रममा सुनकोशी गाउँपालिकाका कार्यवाहक अध्यक्ष कान्छी लामा, जिल्ला सुरक्षा निकायका प्रमुखहरू, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरेन्द्र चौधरी लगायतको विशेष उपस्थिति रहेको थियो। वक्ताहरूले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन स्थानीय सरकार, सुरक्षा निकाय र समुदायबीचको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

उद्घाटन समारोहमा सुनकोशी गाउँपालिका वडा नं. १ देखि ७ सम्मका वडा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। साथै विभिन्न वडाबाट छनोट भई आएका स्वयंसेवकहरू, गाउँपालिकाका कर्मचारी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागी स्वयंसेवकहरूले तालिमप्रति उत्साहजनक चासो देखाउँदै सक्रिय सहभागिता जनाएका थिए।तालिमको पहिलो दिन सशस्त्र प्रहरी बलका सहायक निरीक्षक सन्तोष परियारको नेतृत्वमा सञ्चालन गरिएको थियो। पहिलो दिन विपद् के हो, यसको प्रकार, कारण तथा प्रभावहरूका बारेमा आधारभूत जानकारी प्रदान गरिएको थियो। साथै विपद् पूर्वतयारी र सचेतनाका विषयमा समेत प्रशिक्षण दिइएको आयोजकले जनाएको छ।

उक्त तालिम आगामी १० दिनसम्म सञ्चालन हुने बताइएको छ। तालिम अवधिभर सहभागीहरूलाई खोज तथा उद्धार, प्राथमिक उपचार, राहत व्यवस्थापन, समन्वय र सूचना प्रवाह लगायतका महत्वपूर्ण विषयमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरिनेछ।आयोजकका अनुसार यस तालिमले स्थानीय स्तरमा दक्ष स्वयंसेवक तयार गरी विपद्का समयमा छिटो र प्रभावकारी प्रतिक्रिया दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

  • निशान परियार

    Related Posts

    सुधन गुरुङ पुनः गृहमन्त्री बन्दै, आज दिउँसो ३ बजे शपथ ग्रहणको तयारी

    सिन्धुपाल्चोक चौतारा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं पूर्वगृहमन्त्री सुधन गुरुङ पुनः गृह मन्त्रालयको जिम्मेवारीमा फर्किने भएका छन्। बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई…

    मौसम तथा जलवायु सूचनासेवा सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न

    सिन्धुपाल्चोक खाडीचौर। सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल जिल्ला महासङ्घ सिन्धुपाल्चोकको आयोजना तथा बीबीसी मिडिया एक्सनको आर्थिक सहयोगमा मौसम तथा जलवायु सूचनासेवा (WCLS) प्रणाली सम्बन्धी अभिमुखीकरण तालिम खाडीचौरमा सम्पन्न भएको छ।…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुट्यो की?

    सुनकोशी गाउँपालिकामा IEMIS तथा ICT फोकल शिक्षकहरूको क्षमता विकास तालिम उद्घाटन

    सुनकोशी गाउँपालिकामा IEMIS तथा ICT फोकल शिक्षकहरूको क्षमता विकास तालिम उद्घाटन

    सामुदायिक सिकाइ केन्द्र जिल्ला संजाल गठन ।

    समाजसेवी खड्काको सहयोगमा सुनकोशीका ४ विद्यालयलाई महावीर पुनका पुस्तक वितरण

    सुधन गुरुङ पुनः गृहमन्त्री बन्दै, आज दिउँसो ३ बजे शपथ ग्रहणको तयारी

    आइतबारको बिदा खारेज गर्न लागिएको होइन

    आइतबारको बिदा खारेज गर्न लागिएको होइन

    सुनकोशी गाउँपालिकामा पर्यावरणीय कृषि प्रवर्द्धनबारे अन्तरक्रिया : जैविक विविधता संरक्षण र कृषि विकासमा साझेदारी विस्तार गर्ने प्रतिबद्धता

    सुनकोशी गाउँपालिकामा पर्यावरणीय कृषि प्रवर्द्धनबारे अन्तरक्रिया : जैविक विविधता संरक्षण र कृषि विकासमा साझेदारी विस्तार गर्ने प्रतिबद्धता