सुनकोशी गाउँपालिकामा IEMIS तथा ICT फोकल शिक्षकहरूको क्षमता विकास तालिम उद्घाटन

सिन्धुपाल्चोक चौतारा ।“सुन्दर सुनकोशी, समृद्ध सुनकोशी र खुसी सुनकोशी” भन्ने मूल नारालाई आत्मसात गर्दै सुनकोशी गाउँपालिकाले शिक्षा क्षेत्रको गुणस्तर सुधार तथा सूचना प्रविधिको प्रभावकारी उपयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यले विद्यालयहरूका IEMIS तथा ICT फोकल शिक्षकहरूको क्षमता विकास तालिम आजबाट सुरु गरेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा विकास तथा खेलकुद शाखा प्रमुख निमबहादुर बुढाथोकीले वर्तमान समयमा शिक्षा क्षेत्रमा सूचना तथा सञ्चार प्रविधिको महत्व दिनप्रतिदिन बढ्दै गएको उल्लेख गर्नुभयो। उहाँले विद्यालयहरूको शैक्षिक तथ्यांकलाई व्यवस्थित, अद्यावधिक तथा विश्वसनीय बनाउन IEMIS प्रणालीको प्रभावकारी प्रयोग अपरिहार्य रहेको बताउनुभयो। साथै विद्यालयस्तरमा ICT को प्रयोगलाई थप प्रभावकारी बनाउँदै शिक्षण सिकाइ प्रक्रियालाई आधुनिक र प्रविधिमैत्री बनाउन शिक्षकहरूको भूमिका महत्वपूर्ण रहने धारणा व्यक्त गर्नुभयो।

तालिममा गाउँपालिका अन्तर्गतका विद्यालयहरूका IEMIS तथा ICT फोकल शिक्षक तथा कर्मचारी गरी ३० जनाको सहभागिता रहेको छ। तालिम अवधिभर IEMIS प्रणालीमा तथ्यांक प्रविष्टि, अद्यावधिक प्रक्रिया, तथ्यांक व्यवस्थापन, प्रतिवेदन तयारी, सूचना प्रविधिको प्रयोग तथा विद्यालय प्रशासनमा ICT को प्रभावकारी उपयोग सम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिने जनाइएको छ।कार्यक्रमका अध्यक्ष प्रमुख प्रशासकीय अधिकृत हरेन्द्र चौधरीले शिक्षा क्षेत्रको विकास बिना समग्र विकास सम्भव नहुने उल्लेख गर्दै शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि गाउँपालिकाले निरन्तर यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले तालिमबाट प्राप्त ज्ञान र सीपलाई विद्यालयमा व्यवहारिक रूपमा लागू गरी शैक्षिक गुणस्तर सुधारमा योगदान पुर्‍याउन सहभागी शिक्षकहरूलाई आग्रह गर्नुभयो।

सहभागी शिक्षकहरूले तालिमबाट आफ्नो ज्ञान, सीप तथा कार्यक्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन्। उनीहरूले विद्यालयमा सूचना प्रविधिको प्रयोगलाई थप प्रभावकारी बनाउन तथा शैक्षिक तथ्यांक व्यवस्थापनलाई व्यवस्थित बनाउन तालिम उपयोगी हुने बताएका छन्।गाउँपालिकाले शिक्षा क्षेत्रमा प्रविधिको पहुँच विस्तार, तथ्यांक व्यवस्थापनलाई व्यवस्थित बनाउने तथा विद्यालय प्रशासनलाई थप प्रभावकारी र उत्तरदायी बनाउने उद्देश्यसहित सञ्चालन गरेको उक्त क्षमता विकास तालिम आगामी दिनहरूमा पनि निरन्तर सञ्चालन गर्ने जनाएको छ। कार्यक्रम गाउँपालिकाका कर्मचारी तथा सञ्चारकर्मीहरूको उपस्थितिमा सम्पन्न भएको थियो।‌

  • निशान परियार

    Related Posts

    सिन्धुपाल्चोकमा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक सम्पन्न: पहिरो नियन्त्रणमा सरोकारवालाको जोड

    सिन्धुपाल्चोक खाडीचौर। जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकको आयोजनामा ‘जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति’ को महत्त्वपूर्ण बैठक आज सम्पन्न भएको छ। वर्षायाम नजिकिँदै गर्दा जिल्लामा हुन सक्ने सम्भावित प्राकृतिक विपद्,…

    गणतन्त्र र संघीयतासँगै सिन्धुपाल्चोकमा विकासको फड्को

    चौतारा, जेठ २८ गते । गणतन्त्र स्थापना र संघीयता कार्यान्वयनसँगै सिन्धुपाल्चोक जिल्लामा स्थानीय विकासले उल्लेखनीय फड्को मारेको छ । नेपालको संविधान कार्यान्वयनको अभ्यास सुरु भएपछि संघीय संरचनाअन्तर्गत प्रदेश तथा स्थानीय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुट्यो की?

    सुनकोशी गाउँपालिकामा IEMIS तथा ICT फोकल शिक्षकहरूको क्षमता विकास तालिम उद्घाटन

    सुनकोशी गाउँपालिकामा IEMIS तथा ICT फोकल शिक्षकहरूको क्षमता विकास तालिम उद्घाटन

    सामुदायिक सिकाइ केन्द्र जिल्ला संजाल गठन ।

    समाजसेवी खड्काको सहयोगमा सुनकोशीका ४ विद्यालयलाई महावीर पुनका पुस्तक वितरण

    सुधन गुरुङ पुनः गृहमन्त्री बन्दै, आज दिउँसो ३ बजे शपथ ग्रहणको तयारी

    आइतबारको बिदा खारेज गर्न लागिएको होइन

    आइतबारको बिदा खारेज गर्न लागिएको होइन

    सुनकोशी गाउँपालिकामा पर्यावरणीय कृषि प्रवर्द्धनबारे अन्तरक्रिया : जैविक विविधता संरक्षण र कृषि विकासमा साझेदारी विस्तार गर्ने प्रतिबद्धता

    सुनकोशी गाउँपालिकामा पर्यावरणीय कृषि प्रवर्द्धनबारे अन्तरक्रिया : जैविक विविधता संरक्षण र कृषि विकासमा साझेदारी विस्तार गर्ने प्रतिबद्धता