सुनकोशी गाउँपालिकामा पर्यावरणीय कृषि प्रवर्द्धनबारे अन्तरक्रिया : जैविक विविधता संरक्षण र कृषि विकासमा साझेदारी विस्तार गर्ने प्रतिबद्धता

सिन्धुपाल्चोक चौतारा।

जैविक विविधता अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली-बर्ड) ले सुनकोशी गाउँपालिकामा विगत सात वर्षदेखि सञ्चालन गर्दै आएको पर्यावरणीय कृषि प्रवर्द्धन कार्यक्रमको उपलब्धि, प्रभाव तथा आगामी दिनमा गाउँपालिकासँग साझेदारीमा सञ्चालन गर्न सकिने कार्यक्रमहरूका विषयमा विस्तृत अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्र प्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कान्छी लामा, ली-बर्डका प्राविधिक सल्लाहकार डा. बलराम थापा, उपाध्यक्ष मिता शैजु प्रधान, सदस्य अन्जु जोशी, कार्यक्रम निर्देशक लक्ष्मण खत्री लगायत गाउँपालिका तथा संस्थाका कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो।कार्यक्रममा ली-बर्डले सुनकोशी गाउँपालिकामा सञ्चालन गर्दै आएका विभिन्न गतिविधि तथा तिनबाट प्राप्त उपलब्धिहरूको समीक्षा गरिएको थियो। विशेषगरी पर्यावरणीय कृषि प्रवर्द्धन, कृषि जैविक विविधता संरक्षण, स्थानीय कृषकको क्षमता अभिवृद्धि तथा कृषि उत्पादनको बजारीकरणका क्षेत्रमा भएका कार्यहरूको बारेमा जानकारी गराइएको थियो।छलफलका क्रममा सहभागीहरूले गाउँपालिकाको कृषि क्षेत्रलाई थप सुदृढ बनाउन तथा स्थानीय कृषकको आयआर्जन वृद्धि गर्न दुवै पक्षबीच कसरी प्रभावकारी साझेदारी गर्न सकिन्छ भन्ने विषयमा धारणा राखेका थिए। साथै कृषि क्षेत्रमा देखिएका चुनौतीहरू, सम्भावनाहरू तथा आगामी दिनमा संयुक्त रूपमा सञ्चालन गर्न सकिने कार्यक्रमहरूको बारेमा समेत व्यापक छलफल भएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष टपिन्द्र प्रसाद तिमिल्सिनाले ली-बर्डद्वारा सञ्चालन गरिएका कार्यक्रमहरू गाउँपालिकाको आवश्यकता र प्राथमिकताअनुसार प्रभावकारी रूपमा कार्यान्वयन भएको बताउनुभयो। उहाँले विशेषगरी तरकारी संकलन केन्द्र स्थापना तथा कृषि जैविक विविधता संरक्षणका लागि स्थापना गरिएको सामुदायिक बीउ बैंकले सुनकोशी गाउँपालिकालाई राष्ट्रिय स्तरमै परिचित गराउन महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्नुभयो।अध्यक्ष तिमिल्सिनाले ती कार्यक्रमहरूलाई गाउँपालिकाका अन्य वडाहरूमा समेत विस्तार गर्न आवश्यक रहेको सुझाव दिँदै कृषि विकास, जैविक विविधता संरक्षण तथा किसानको जीवनस्तर उकास्ने अभियानमा गाउँपालिका सधैं साझेदारीका लागि तयार रहेको बताउनुभयो। उहाँले स्थानीय तह र विकास साझेदार संस्थाबीचको सहकार्यले दिगो कृषि विकास तथा वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।कार्यक्रममा ली-बर्डका प्रतिनिधिहरूले पनि आगामी दिनमा सुनकोशी गाउँपालिकासँग सहकार्यलाई अझ सुदृढ बनाउँदै स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा नयाँ कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।उक्त कार्यक्रम पर्यावरणीय कृषि प्रवर्द्धन कार्यक्रमका वरिष्ठ कार्यक्रम अधिकृत इन्द्र प्रसाद पौडेलले सञ्चालन गर्नुभएको थियो। कार्यक्रमले गाउँपालिका र ली-बर्डबीचको सहकार्यलाई थप मजबुत बनाउँदै कृषि विकास, जैविक विविधता संरक्षण तथा दिगो आजीविकाका क्षेत्रमा नयाँ सम्भावनाको ढोका खोल्ने विश्वास व्यक्त गरिएको छ।

  • निशान परियार

    Related Posts

    सिन्धुपाल्चोकमा कफी खेतीको विस्तार: उत्पादन वृद्धि सँगै अन्तर्राष्ट्रिय बजारमा बढ्दो माग

    सिन्धुपाल्चोक खाडीचौर। कफी उत्पादनका लागि उपयुक्त भूमि मानिएको सिन्धुपाल्चोक जिल्लामा पछिल्लो समय कफी खेती उल्लेखनीय रूपमा विस्तार हुँदै गएको छ । हाल जिल्लामा वार्षिक करिब ४० हजार किलोग्राम ड्राइ पार्चमेन्ट…

    सिन्धुपाल्चोक अब गाई–भैसी ‘जोन’

    बिदुर आचार्य,चौतारा, फागुन १९ गते । सिन्धुपाल्चोक जिल्लालाई गाई–भैसी जोन बनाईने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना सञ्चालन समन्वय समितिले बुधबार जिल्लालाई दुध र आलु पकेट क्षेत्र रहेको निष्कर्ष…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुट्यो की?

    सुनकोशी गाउँपालिकामा पर्यावरणीय कृषि प्रवर्द्धनबारे अन्तरक्रिया : जैविक विविधता संरक्षण र कृषि विकासमा साझेदारी विस्तार गर्ने प्रतिबद्धता

    सुनकोशी गाउँपालिकामा पर्यावरणीय कृषि प्रवर्द्धनबारे अन्तरक्रिया : जैविक विविधता संरक्षण र कृषि विकासमा साझेदारी विस्तार गर्ने प्रतिबद्धता

    सिन्धुपाल्चोकमा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक सम्पन्न: पहिरो नियन्त्रणमा सरोकारवालाको जोड

    सिन्धुपाल्चोकमा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक सम्पन्न: पहिरो नियन्त्रणमा सरोकारवालाको जोड

    सिन्धुपाल्चोकका विभिन्न पालिकामा सामुदायिक वनको विद्यमान सवाल र आगामी गन्तव्य विषयक अन्तरक्रिया सम्पन्न

    सिन्धुपाल्चोकका विभिन्न पालिकामा सामुदायिक वनको विद्यमान सवाल र आगामी गन्तव्य विषयक अन्तरक्रिया सम्पन्न

    गणतन्त्र र संघीयतासँगै सिन्धुपाल्चोकमा विकासको फड्को

    गणतन्त्र र संघीयतासँगै सिन्धुपाल्चोकमा विकासको फड्को

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    सदाबहार साना किसान कृषि सहकारीको प्रथम अधिवेशन सम्पन्न, देवकी तिमल्सिना अध्यक्षमा चयन

    सदाबहार साना किसान कृषि सहकारीको प्रथम अधिवेशन सम्पन्न, देवकी तिमल्सिना अध्यक्षमा चयन