सिन्धुपाल्चोकमा कफी खेतीको विस्तार: उत्पादन वृद्धि सँगै अन्तर्राष्ट्रिय बजारमा बढ्दो माग

सिन्धुपाल्चोक खाडीचौर।

कफी उत्पादनका लागि उपयुक्त भूमि मानिएको सिन्धुपाल्चोक जिल्लामा पछिल्लो समय कफी खेती उल्लेखनीय रूपमा विस्तार हुँदै गएको छ । हाल जिल्लामा वार्षिक करिब ४० हजार किलोग्राम ड्राइ पार्चमेन्ट कफी उत्पादन भइरहेको छ, जुन नेपालसहित विभिन्न अन्तर्राष्ट्रिय बजारमा प्रयोग हुँदै आएको छ । जिल्लामा एक सय २५ हेक्टरभन्दा बढी जमिनमा कफी खेती भइरहेको छ भने पछिल्लो समय थप जमिनमा पनि यसको विस्तार भइरहेको छ । परम्परागत खेती छोडेर नगदेबालीतर्फ आकर्षित भएका किसानहरू कफी खेतीतर्फ बढ्दै गएका छन् । कफी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि सयौं किसानको आर्थिक अवस्था सुधारिएको छ ।

वि.सं. २०६२÷०६३ मा जिल्लाभर जम्मा ४०० किलोग्राम ड्राइ चेरी कफी उत्पादन हुने गरेकोमा हाल उत्पादन उल्लेखनीय रूपमा बढेको छ । गत आर्थिक वर्षमा मात्र ३० मेट्रिक टनभन्दा बढी कफी उत्पादन भएको थियो, र चालु आर्थिक वर्षमा यो परिमाण अझै वृद्धि हुने अनुमान गरिएको जिल्ला कफी सहकारी सङ्घकी अध्यक्ष मन्दु थापाले जानकारी दिनुभयो । जिल्लामा उत्पादित कफीको बजार सुनिश्चित रहेको छ । ‘ए’ ग्रेडको ‘पार्चमेण्ट ग्रिनबीच’ कफी प्रतिकिलो ८ अमेरिकी डलरमा कोरिया, अष्ट्रेलिया र जापानमा निर्यात हुँदै आएको छ । हरेक वर्ष ११ मेट्रिक टनभन्दा बढी कफी विदेश निर्यात हुने गरेको छ । साथै, नेपालभित्र पनि नेपाली कफीको माग बढ्दो क्रममा रहेको छ । गुणस्तरीय प्रशोधन प्रविधिको अभावका कारण विगतमा कफी खेतीप्रति किसानहरूको आकर्षण कम थियो । तर विश्व बजारमा कफीको बढ्दो माग, प्रविधिको विस्तार र सहकारी अवधारणाको विकाससँगै कफी खेतीको प्रवद्र्धनमा तीव्रता आएको हो । हाल जिल्लामा ६ दर्जनभन्दा बढी समूह कफी सहकारीमा आबद्ध भइसकेका छन् । सदावहार बिरुवा भएकाले कफीले वातावरण संरक्षणमा समेत महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यसले भूक्षय रोक्नुका साथै वातावरण स्वच्छ राख्न सहयोग पु¥याउँछ । दुई दशकअघि जिल्ला कफी सहकारी सङ्घ स्थापना भएपछि सिन्धुपाल्चोकको कफी अन्तर्राष्ट्रिय बजारमा निर्यात हुन थालेको हो । जिल्लाका १२ स्थानीय तहमध्ये अधिकांश क्षेत्रमा कफी खेती विस्तार भइसकेको छ । यहाँको हावापानीअनुसार उपयुक्त मानिने अराविका जातको ‘बोर्न’ प्रजातिको कफी रोपण गरिएको छ, जसले राम्रो उत्पादन दिइरहेको स्थानीय कृषक, चौतारा साँगाचोकगढी नगरपालिका वडा नंम्वर १० का लक्ष्मी प्रसाद तिमल्सिनाले बताउनुभयो । स्वदेश तथा विदेश दुवै बजारमा सिन्धुपाल्चोकको कफीको माग उच्च रहेको अध्यक्ष थापाले बताउनुभयो ।

  • निशान परियार

    Related Posts

    सिन्धुपाल्चोक अब गाई–भैसी ‘जोन’

    बिदुर आचार्य,चौतारा, फागुन १९ गते । सिन्धुपाल्चोक जिल्लालाई गाई–भैसी जोन बनाईने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना सञ्चालन समन्वय समितिले बुधबार जिल्लालाई दुध र आलु पकेट क्षेत्र रहेको निष्कर्ष…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुट्यो की?

    सिन्धुपाल्चोकमा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक सम्पन्न: पहिरो नियन्त्रणमा सरोकारवालाको जोड

    सिन्धुपाल्चोकमा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक सम्पन्न: पहिरो नियन्त्रणमा सरोकारवालाको जोड

    सिन्धुपाल्चोकका विभिन्न पालिकामा सामुदायिक वनको विद्यमान सवाल र आगामी गन्तव्य विषयक अन्तरक्रिया सम्पन्न

    सिन्धुपाल्चोकका विभिन्न पालिकामा सामुदायिक वनको विद्यमान सवाल र आगामी गन्तव्य विषयक अन्तरक्रिया सम्पन्न

    गणतन्त्र र संघीयतासँगै सिन्धुपाल्चोकमा विकासको फड्को

    गणतन्त्र र संघीयतासँगै सिन्धुपाल्चोकमा विकासको फड्को

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    सदाबहार साना किसान कृषि सहकारीको प्रथम अधिवेशन सम्पन्न, देवकी तिमल्सिना अध्यक्षमा चयन

    सदाबहार साना किसान कृषि सहकारीको प्रथम अधिवेशन सम्पन्न, देवकी तिमल्सिना अध्यक्षमा चयन

    सुनकोशी नदीमा जलजन्य विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न

    सुनकोशी नदीमा जलजन्य विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न