सुनकोशी नदीमा जलजन्य विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न

चौतारा सिन्धुपाल्चोकका।

सिन्धुपाल्चोक । मनसुनजन्य विपद्का कारण हुन सक्ने सम्भावित जोखिम तथा क्षति न्यूनीकरण गर्ने उद्देश्यले जिल्लाको सुकुटेस्थित सुनकोशी नदीमा जल उत्पन्न विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास (Simulation Exercise) कार्यक्रम सम्पन्न गरिएको छ।

मिति २०८३ साल जेठ १२ गते बिहान ११ः३० बजेदेखि सञ्चालन गरिएको उक्त कार्यक्रम सशस्त्र प्रहरी बल, नेपाल नं.१६ गण हे.क्वा. सिन्धुपाल्चोकको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा अन्य सुरक्षा निकाय, सुनकोशी गाउँपालिका, चौतारा साँगाचोकगढी नगरपालिका तथा विपद् व्यवस्थापनसँग सम्बन्धित विभिन्न सरोकारवाला निकायहरूको समन्वय तथा सहभागिता रहेको थियो।कार्यक्रममा सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे को प्रमुख आतिथ्यता रहेको थियो। त्यसैगरी जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ, सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिना, सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा, नेपाली सेना इन्द्रध्वज गणका गणपति अदित श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख काजी कुमार आचार्य, सशस्त्र प्रहरी बल नं.१६ गणका गणपति हरी नारायण श्रेष्ठ, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय सिन्धुपाल्चोकका उप-अनुसन्धान निर्देशक सुवास कार्की लगायत स्थानीय जनप्रतिनिधि, पर्यटन व्यवसायी, पत्रकार तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा मनसुन सक्रिय भएसँगै नदी तथा खोलामा आउने बाढी, पहिरो, डुबान तथा अन्य प्राकृतिक विपद्का कारण उत्पन्न हुन सक्ने जोखिमको अवस्थालाई कृत्रिम रूपमा सिर्जना गरी उद्धार अभ्यास प्रदर्शन गरिएको थियो। विशेषगरी विगतका वर्षहरूमा नदीजन्य विपद्का कारण भएका घटनाहरूलाई आधार मानी सम्भावित जोखिम न्यूनीकरण तथा उद्धार कार्यलाई अझ प्रभावकारी बनाउने उद्देश्यले अभ्यास सञ्चालन गरिएको आयोजकले जनाएको छ।अभ्यासका क्रममा पानीको बहावमा फसेका, खोलाले बगाएका तथा भीर र पहाडको खोँचमा अड्किएका व्यक्तिहरूलाई सुरक्षित उद्धार गर्ने विभिन्न आधुनिक प्रविधि तथा सीपहरूको प्रदर्शन गरिएको थियो। उद्धार कार्यमा Improvised Swimming Aids, Raft Boat, Slathering, Zip Line, Rappelling/Climbing, Boat Flip तथा Re-Flip Technique लगायतका विधिहरू प्रयोग गरी उद्धार टोलीले नमुना अभ्यास प्रस्तुत गरेको थियो।

कार्यक्रममा सहभागी सुरक्षा निकायहरूले विपद्को समयमा उद्धार कार्य कसरी छिटो, सुरक्षित र प्रभावकारी रूपमा सञ्चालन गर्न सकिन्छ भन्नेबारे व्यावहारिक प्रदर्शन गरेका थिए। उद्धार टोलीले नदीमा बगेका व्यक्तिलाई डोरी तथा डुंगाको सहायताबाट सुरक्षित स्थानमा ल्याउने, पहिरो तथा भीरमा अड्किएका व्यक्तिलाई र्‍यापलिङ प्रविधिबाट उद्धार गर्ने, डुंगा पल्टिएको अवस्थामा पुनः सञ्चालनमा ल्याउने लगायतका अभ्यास गरेका थिए।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे ले विपद् व्यवस्थापनका क्षेत्रमा सुरक्षा निकायहरूबीचको समन्वय र तयारी अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले मनसुनको समयमा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै यस्ता अभ्यासले उद्धार कार्यमा दक्षता अभिवृद्धि गर्नुका साथै आम नागरिकमा समेत सचेतना फैलाउने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी कार्यक्रममा सहभागी स्थानीय तहका जनप्रतिनिधिहरूले विपद् न्यूनीकरण तथा पूर्वतयारीका लागि स्थानीय तह, सुरक्षा निकाय र समुदायबीचको सहकार्य अझ मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए।कार्यक्रमले मनसुनजन्य विपद्का समयमा हुन सक्ने सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। साथै यस्ता अभ्यासले सुरक्षा निकायहरूको क्षमता अभिवृद्धि हुनुका साथै विपद् व्यवस्थापनमा सम्बन्धित निकायहरूबीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

  • निशान परियार

    Related Posts

    समाजसेवी खड्काको सहयोगमा सुनकोशीका ४ विद्यालयलाई महावीर पुनका पुस्तक वितरण

    सिन्धुपाल्चोकका चौतारा। महावीर पुन का आविष्कार र आत्मकथासम्बन्धी पुस्तकहरू सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका अन्तर्गतका चार विद्यालयमा वितरण गरिएको छ।सुनकोशी गाउँपालिका–५ स्थित बर्दानेश्वर महादेव मन्दिर संरक्षण संस्था को पहलमा वडा नं. १…

    गाउँमै शीत भण्डार

    चौतारा, चैत १० गते । कुविण्डेमा शीत भण्डार सञ्चालनमा आएको छ । कृषि उत्पादनको प्रमुख केन्द्रको रूपमा परिचित यस क्षेत्रमा लामो समयको पर्खाइपछि शीत भण्डार निर्माण भई सञ्चालनमा आएपछि स्थानीय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुट्यो की?

    सुनकोशी नदीमा जलजन्य विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न

    सुनकोशी नदीमा जलजन्य विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न

    जल्बिरे भ्यालि क्यामपस सञ्चालक समितिको अध्यक्षमा चन्द्र सापकोटा र उपाध्यक्षमा अमृत थापा सर्वसम्मत निर्वाचित

    जल्बिरे भ्यालि क्यामपस सञ्चालक समितिको अध्यक्षमा चन्द्र सापकोटा र उपाध्यक्षमा अमृत थापा सर्वसम्मत निर्वाचित

    सामुदायिक सिकाइ केन्द्र जिल्ला संजाल गठन

    सामुदायिक सिकाइ केन्द्र जिल्ला संजाल गठन

    समाजसेवी खड्काको सहयोगमा सुनकोशीका ४ विद्यालयलाई महावीर पुनका पुस्तक वितरण

    समाजसेवी खड्काको सहयोगमा सुनकोशीका ४ विद्यालयलाई महावीर पुनका पुस्तक वितरण

    कालिन्चोक दर्शन गरेर फर्किने क्रममा जिरी सडकखण्डमा कार दुर्घटना, पाँच जना घाइते

    कालिन्चोक दर्शन गरेर फर्किने क्रममा जिरी सडकखण्डमा  कार दुर्घटना, पाँच जना घाइते

    पिछडिएको बस्तीका किशोर–किशोरीसँग स्वास्थ्य सचेतना अन्तरक्रिया सम्पन्न

    पिछडिएको बस्तीका किशोर–किशोरीसँग स्वास्थ्य सचेतना अन्तरक्रिया सम्पन्न