गाउँमै शीत भण्डार

चौतारा, चैत १० गते । कुविण्डेमा शीत भण्डार सञ्चालनमा आएको छ । कृषि उत्पादनको प्रमुख केन्द्रको रूपमा परिचित यस क्षेत्रमा लामो समयको पर्खाइपछि शीत भण्डार निर्माण भई सञ्चालनमा आएपछि स्थानीय कृषकहरू उत्साहित बनेका छन् ।संघ, प्रदेश र स्थानीय तहको संयुक्त लगानीमा करिब १० करोड रुपैयाँको लागतमा निर्माण गरिएको उक्त शीत भण्डार ३३० टन क्षमताको रहेको छ । हाल यसमा करिब १६५ टन आलु भण्डारण गरिसकिएको छ । आलु उत्पादनको मुख्य सिजन सुरु भएसँगै शीत भण्डार सञ्चालनमा आउँदा कृषकहरूलाई ठूलो राहत मिलेको छ ।यसअघि उत्पादन भएको आलु भण्डारणको अभावमा कुहिएर खेर जाने समस्या भोग्दै आएका कृषकहरू अब भने आफ्ना उत्पादन सुरक्षित रूपमा राख्न सक्ने भएका छन् । शीत भण्डार सञ्चालनपछि कृषकहरूले व्यवसायीक उत्पादनतर्फ उन्मुख हुने योजना बनाएका छन् । चौतारा साँगाचोकगढी नगरपालिकाको प्रमुख कृष्णप्रसाद सापकोटाले शीत भण्डारले कृषकहरूको उत्पादन संरक्षण, बजार व्यवस्थापन तथा आम्दानी वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँका अनुसार यसले कृषिमा आत्मनिर्भरता बढाउँदै स्थानीय अर्थतन्त्रलाई समेत टेवा पु¥याउनेछ ।स्थानीय कृषक प्रेमप्रसाद सापकोटाले शीत भण्डार सञ्चालनसँगै कृषकहरूलाई सहकारीमार्फत सहज रूपमा सेवा उपलब्ध गराइएको जानकारी दिनुभयो । उहाँले उत्पादनको उचित व्यवस्थापन र लागत घटाउन शीत भण्डारले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । स्थानीय कृषकहरूका अनुसार पहिले आलु भण्डारणको सुविधा नहुँदा ठूलो मात्रामा उत्पादन खेर जाने गरेको थियो भने बीउ भण्डारणका लागि समेत काठमाडौंसम्म जानुपर्ने बाध्यता थियो । अहिले भने स्थानीय स्तरमै सुविधा उपलब्ध भएपछि समय र लागत दुवै बचत हुने भएको छ । स्थानीय स्तरमै यस्तो पूर्वाधार निर्माण भएसँगै कृषकहरूले आफ्नो उत्पादनको उचित मूल्य पाउने अपेक्षा गरिएको छ । शीत भण्डारले चौतारा साँगाचोकगढी नगरपालिका, बलेफी, जुगल र सुनकोशी गाउँपालिकाका कृषकहरूको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

  • निशान परियार

    Related Posts

    सिन्धुपाल्चोकमा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक सम्पन्न: पहिरो नियन्त्रणमा सरोकारवालाको जोड

    सिन्धुपाल्चोक खाडीचौर। जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकको आयोजनामा ‘जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति’ को महत्त्वपूर्ण बैठक आज सम्पन्न भएको छ। वर्षायाम नजिकिँदै गर्दा जिल्लामा हुन सक्ने सम्भावित प्राकृतिक विपद्,…

    गणतन्त्र र संघीयतासँगै सिन्धुपाल्चोकमा विकासको फड्को

    चौतारा, जेठ २८ गते । गणतन्त्र स्थापना र संघीयता कार्यान्वयनसँगै सिन्धुपाल्चोक जिल्लामा स्थानीय विकासले उल्लेखनीय फड्को मारेको छ । नेपालको संविधान कार्यान्वयनको अभ्यास सुरु भएपछि संघीय संरचनाअन्तर्गत प्रदेश तथा स्थानीय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुट्यो की?

    सिन्धुपाल्चोकमा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक सम्पन्न: पहिरो नियन्त्रणमा सरोकारवालाको जोड

    सिन्धुपाल्चोकमा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक सम्पन्न: पहिरो नियन्त्रणमा सरोकारवालाको जोड

    सिन्धुपाल्चोकका विभिन्न पालिकामा सामुदायिक वनको विद्यमान सवाल र आगामी गन्तव्य विषयक अन्तरक्रिया सम्पन्न

    सिन्धुपाल्चोकका विभिन्न पालिकामा सामुदायिक वनको विद्यमान सवाल र आगामी गन्तव्य विषयक अन्तरक्रिया सम्पन्न

    गणतन्त्र र संघीयतासँगै सिन्धुपाल्चोकमा विकासको फड्को

    गणतन्त्र र संघीयतासँगै सिन्धुपाल्चोकमा विकासको फड्को

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    सदाबहार साना किसान कृषि सहकारीको प्रथम अधिवेशन सम्पन्न, देवकी तिमल्सिना अध्यक्षमा चयन

    सदाबहार साना किसान कृषि सहकारीको प्रथम अधिवेशन सम्पन्न, देवकी तिमल्सिना अध्यक्षमा चयन

    सुनकोशी नदीमा जलजन्य विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न

    सुनकोशी नदीमा जलजन्य विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न