सदाबहार साना किसान कृषि सहकारीको प्रथम अधिवेशन सम्पन्न, देवकी तिमल्सिना अध्यक्षमा चयन

सिन्धुपाल्चोक खाडीचौर।

सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका वडा नं. ७ मा अवस्थित श्री सदाबहार साना किसान कृषि सहकारी संस्था लिमिटेडको प्रारम्भिक साधारण सभा तथा प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। स्थानीय किसान, शेयर सदस्य, बुद्धिजीवी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिताबीच सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै संस्थालाई थप सशक्त, व्यवस्थित र किसानमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

कार्यक्रमको उद्घाटन सत्रमा संस्थाका तत्कालीन उपाध्यक्ष दिपेन्द्र पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो। उहाँले सहकारी संस्थाको स्थापना कालदेखि हालसम्मको यात्राबारे चर्चा गर्दै गाउँका किसानहरूलाई एकताबद्ध गरी कृषि क्षेत्रको विकासमा सहकारीले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले किसानहरूको आर्थिक अवस्था सुधार, बचत गर्ने बानीको विकास तथा कृषि उत्पादनलाई व्यावसायिक बनाउन सहकारीको योगदान उल्लेखनीय रहेको धारणा व्यक्त गर्नुभयो। साथै आगामी दिनमा नयाँ नेतृत्वले संस्थालाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने विश्वास व्यक्त गर्नुभयो।

अधिवेशनबाट देवकी तिमल्सिना अध्यक्षमा चयन हुनुभएको छ। त्यसैगरी लालबहादुर राउत उपाध्यक्ष, विदुर खड्का सचिव तथा रामचन्द्र सुवेदी कोषाध्यक्षमा चयन हुनुभएको छ।नवनिर्वाचित १० सदस्यीय सञ्चालक समितिमा दुर्गा नेपाल, रुपक पराजुली, सबिना श्रेष्ठ, लेखा संयोजक नारायणकाजी श्रेष्ठ, बुद्धिप्रसाद पराजुली तथा तारा पराजुली चयन हुनुभएको छ।

कार्यक्रममा बोल्ने वक्ताहरूले कृषि क्षेत्रमा आधारित सहकारी संस्थाहरूले ग्रामीण अर्थतन्त्र मजबुत बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताएका थिए। किसानलाई आधुनिक कृषि प्रणालीतर्फ आकर्षित गर्दै उत्पादन वृद्धि, स्वरोजगार सिर्जना तथा स्थानीय उत्पादनको बजारीकरणमा सहकारी संस्थाले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिइएको थियो।नवनिर्वाचित अध्यक्ष देवकी तिमल्सिनाले संस्थाको पारदर्शिता, सदस्यहरूको हित तथा किसानमुखी योजनालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सहकारीलाई गाउँका किसानहरूको भरोसायोग्य संस्था बनाउने लक्ष्यसहित सबै सदस्यको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो।

अधिवेशनमा सहभागी स्थानीयवासी तथा सदस्यहरूले नयाँ नेतृत्वलाई शुभकामना व्यक्त गर्दै सहकारी संस्थाले आगामी दिनमा किसानहरूको जीवनस्तर उकास्न अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने विश्वास व्यक्त गरेका छन्।

  • निशान परियार

    Related Posts

    कालिन्चोक दर्शन गरेर फर्किने क्रममा जिरी सडकखण्डमा कार दुर्घटना, पाँच जना घाइते

    सिन्धुपाल्चोक खाडीचौर। सिन्धुपाल्चोक, २०८३ वैशाख ३० — दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल कालिन्चोक दर्शन गरेर हेटौडा फर्किने क्रममा जिरी सडकखण्ड अन्तर्गत सुनकोशी गाउँपालिका–७ स्थित “२ किलो” क्षेत्रमा आज एउटा…

    सडक दुर्घटना न्यूनीकरणका लागि सचेतना कार्यक्रम सम्पन्न

    सिन्धुपाल्चोक चौतारा। सिन्धुपाल्चोकको केही स्थानहरूमा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले इलाका प्रहरी कार्यालय बाह्रविसे र प्रहरी चौकी लामोसाँघुको संयुक्त पहलमा सडक सचेतना कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम इलाका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुट्यो की?

    गणतन्त्र र संघीयतासँगै सिन्धुपाल्चोकमा विकासको फड्को

    गणतन्त्र र संघीयतासँगै सिन्धुपाल्चोकमा विकासको फड्को

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    सदाबहार साना किसान कृषि सहकारीको प्रथम अधिवेशन सम्पन्न, देवकी तिमल्सिना अध्यक्षमा चयन

    सदाबहार साना किसान कृषि सहकारीको प्रथम अधिवेशन सम्पन्न, देवकी तिमल्सिना अध्यक्षमा चयन

    सुनकोशी नदीमा जलजन्य विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न

    सुनकोशी नदीमा जलजन्य विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न

    जल्बिरे भ्यालि क्यामपस सञ्चालक समितिको अध्यक्षमा चन्द्र सापकोटा र उपाध्यक्षमा अमृत थापा सर्वसम्मत निर्वाचित

    जल्बिरे भ्यालि क्यामपस सञ्चालक समितिको अध्यक्षमा चन्द्र सापकोटा र उपाध्यक्षमा अमृत थापा सर्वसम्मत निर्वाचित

    सामुदायिक सिकाइ केन्द्र जिल्ला संजाल गठन

    सामुदायिक सिकाइ केन्द्र जिल्ला संजाल गठन