सिन्धुपाल्चोकमा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक सम्पन्न: पहिरो नियन्त्रणमा सरोकारवालाको जोड

सिन्धुपाल्चोक खाडीचौर।

जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकको आयोजनामा ‘जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति’ को महत्त्वपूर्ण बैठक आज सम्पन्न भएको छ। वर्षायाम नजिकिँदै गर्दा जिल्लामा हुन सक्ने सम्भावित प्राकृतिक विपद्, त्यसको पूर्वतयारी र न्यूनीकरणका उपायहरूबारे छलफल गर्न उक्त बैठक आह्वान गरिएको हो।

बैठक जिल्लाका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो। बैठकमा जिल्लाको समग्र विपद् व्यवस्थापन, उद्धार तथा राहत सामग्रीको उपलब्धता र स्थानीय तहहरूबीचको समन्वयको विषयमा गहन छलफल भयो।

इको पहिरो नियन्त्रणमा सुनकोशीका अध्यक्ष तिमल्सिनाको जोड

बैठकमा विशेष गरी सिन्धुपाल्चोक जिल्ला भौगोलिक रूपमा पहिरोको उच्च जोखिममा रहेको चर्चा गरिएको थियो। सो क्रममा सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले आफ्नो धारणा राख्दै वातावरणमैत्री पहिरो नियन्त्रण प्रविधिलाई प्राथमिकता दिनुपर्नेमा जोडदार माग गर्नुभयो।अध्यक्ष तिमल्सिनाले परम्परागत प्रविधिभन्दा प्रकृतिमैत्री र दिगो रूपमा पहिरो रोक्न सकिने उपायहरू अवलम्बन गर्नुपर्ने बताउँदै स्थानीय सरकारहरू यसका लागि सहकार्य गर्न तयार रहेको स्पष्ट पार्नुभयो।

बैठकमा जिल्लाका विभिन्न क्षेत्रका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो। बैठकमा:सहायक प्रमुख जिल्ला अधिकारी,जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकाका प्रमुख एवं अध्यक्षहरू,विभिन्न सरकारी कार्यालयका कर्मचारी तथा सुरक्षा निकायका प्रमुखहरू,विपद् व्यवस्थापन र सामाजिक क्षेत्रमा क्रियाशील विभिन्न संघ-संस्थाका प्रतिनिधिहरू,जिल्लाका क्रियाशील सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

बैठकको अन्त्यमा अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले विपद्को समयमा तत्काल परिचालन हुन सक्ने गरी सुरक्षा निकाय, रेडक्रस र स्थानीय तहहरूलाई सजग रहन निर्देशन दिनुभयो। वर्षातको समयमा आउने बाढी र पहिरोका कारण राजमार्ग र ग्रामीण सडकहरू अवरुद्ध हुन सक्ने भएकाले बाटो खुलाउने ठूला यन्त्रहरूलाई रणनीतिक स्थानहरूमा तयारी अवस्थामा राख्ने निर्णय समेत बैठकले गरेको छ।सञ्चारकर्मीहरूले विपद्को समयमा सही र तथ्यपरक सूचना प्रवाह गरेर नागरिकलाई सचेत गराउन महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेमा समेत बैठकमा जोड दिइएको थियो।

  • निशान परियार

    Related Posts

    गणतन्त्र र संघीयतासँगै सिन्धुपाल्चोकमा विकासको फड्को

    चौतारा, जेठ २८ गते । गणतन्त्र स्थापना र संघीयता कार्यान्वयनसँगै सिन्धुपाल्चोक जिल्लामा स्थानीय विकासले उल्लेखनीय फड्को मारेको छ । नेपालको संविधान कार्यान्वयनको अभ्यास सुरु भएपछि संघीय संरचनाअन्तर्गत प्रदेश तथा स्थानीय…

    सुनकोशी नदीमा जलजन्य विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न

    चौतारा सिन्धुपाल्चोकका। सिन्धुपाल्चोक । मनसुनजन्य विपद्का कारण हुन सक्ने सम्भावित जोखिम तथा क्षति न्यूनीकरण गर्ने उद्देश्यले जिल्लाको सुकुटेस्थित सुनकोशी नदीमा जल उत्पन्न विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास (Simulation Exercise)…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुट्यो की?

    सिन्धुपाल्चोकमा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक सम्पन्न: पहिरो नियन्त्रणमा सरोकारवालाको जोड

    सिन्धुपाल्चोकमा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक सम्पन्न: पहिरो नियन्त्रणमा सरोकारवालाको जोड

    सिन्धुपाल्चोकका विभिन्न पालिकामा सामुदायिक वनको विद्यमान सवाल र आगामी गन्तव्य विषयक अन्तरक्रिया सम्पन्न

    सिन्धुपाल्चोकका विभिन्न पालिकामा सामुदायिक वनको विद्यमान सवाल र आगामी गन्तव्य विषयक अन्तरक्रिया सम्पन्न

    गणतन्त्र र संघीयतासँगै सिन्धुपाल्चोकमा विकासको फड्को

    गणतन्त्र र संघीयतासँगै सिन्धुपाल्चोकमा विकासको फड्को

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    सदाबहार साना किसान कृषि सहकारीको प्रथम अधिवेशन सम्पन्न, देवकी तिमल्सिना अध्यक्षमा चयन