सुनकोसीले ग¥यो पहिलोपटक सार्वजनिक सुनुवाई

सुनकोसीले ग¥यो पहिलोपटक सार्वजनिक सुनुवाई

भ्रष्टाचार र कमिशनको बारेमा गरेका प्रश्नमा सय प्रतिशत सेवाग्राहीले कूनै पनि कर्मचारीले कुनै कामबापत कमिशन नमागेको र आफूहरुले दिन नपरेको बताएका छन् ।
भ्रष्टाचार र कमिशनको बारेमा गरेका प्रश्नमा सय प्रतिशत सेवाग्राहीले कूनै पनि कर्मचारीले कुनै कामबापत कमिशन नमागेको र आफूहरुले दिन नपरेको बताएका छन् ।

ठोकर्पा । स्थानीय सरकारले न्यूनतमा गर्नुपर्ने कार्य पनि लामो समयदेखि गर्न नसक्दा स्थानीयहरुमा कस्तो प्रभाव पर्दो रहेछ भन्ने सिन्धुपाल्चोक जिल्लाको सुनकोसी गाउँपालिकामा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रमले प्रमाणित गरिदिएको छ ।

स्थानीय सरकारको पहिलो कार्यकालको प्रारम्भ अर्थात २०७४ सालदेखि नै भएता पनि गाउँपालिकाले कुनै पनि सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गर्न नसक्दा स्थानीयहरुमा असन्तुष्टि र गुनासोको चाङ नै थुप्रिएको थियो । तर आठवर्षपछि सो पालिकाले पहिलोपटक सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेपछि स्थानीयहरुले खुलेरै गुनासा र प्रश्नहरु तेस्राउने अवसर पाएका छन् ।

स्थानीयलाई स्थानीय सरकारसँग प्रत्यक्षरुपमा गुनासा, प्रश्न गर्ने र सूचना पाउने अवसर जुराइदिएको थियो सिन्धु एकता मिडिया प्रालिले । मिडियाको समन्वय र पालिकाको आयोजनामा पालिकाको वडा न १ मा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयले २०७४ सालदेखिकै गुनासाहरु बहालवाला अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष र कर्मचारीहरुलाई गरे । उनीहरुले पालिकाबाट हुँदै आएको विकास निर्माण, स्वास्थ्य, शिक्षा र जनजीविकाको सवालमा खुलेरै प्रश्न मात्र गरेनन् आगामी दिनहरु गर्नुपर्ने कार्यहरुको बारेमा पनि सुझाव प्रस्तुत गरे ।

पलिकाबाट उत्पादनमूलक कार्यमा भन्दा पनि अनुपात्दकमूलक योजनामा बढी खर्च गरिएको भन्दै अब आउने योजनाहरु मठमन्दिर, पार्क, कुलायन घर निर्माणमा नभई उत्पादनमूखी लक्षित हुनुपर्ने सुझाव समेत दिए ।

सुनकोसी १ का कृष्ण खत्रीले एकएक पाइला ठोकर्पा आधारभूत अस्पताल, एकघर एकधारा अभियान अन्तर्गतको खर्च विवरण सार्वजनिक नगरिएकोप्रति रोष प्रकट गरे । वडा न ५ का कुमार बस्नेतले गत वर्ष दुधमा अनुदान दिएको तर यस वर्ष नदिनुको कारणबारे प्रश्न गरे । पालिकाको आफ्नै भवन अहिलेसम्म निर्माण हुन नसकेप्रति स्थानीयले गुनासो गर्दै यो कार्यकालमा जसरी पनि भवन बनाउन आग्रह गरे ।

उठिएका प्रश्नहरुको जवाफ पालिका अध्यक्ष टपेन्द्र तिमििल्सना, उपाध्यक्ष कान्छी लामा, प्रमुख प्रशासकीय अधिकृत मोहन श्रेष्ठ, वडा अध्यक्ष र इञ्जिनियर बद्रि भुजेल लगायतले दिए ।

सबै प्रकृया पुरा गर्दै गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा एक्जिट पोलमार्फत सेवाग्राहीहरुलाई सोधिएको प्रश्नहरुको परिणाम पनि सार्वजनिक गरेको थियो । झण्डै पाँच घण्टाभन्दा बढी लामो सो कार्यक्रमा प्रस्तुत पोलको नतिजा अनुसार सुनकोसी गाउँपालिकाले गदै आएको कार्य सम्पादन र सेवा प्रवाहमा अब्बल देखिएको छ । कार्य सम्पादन, सेवा प्रवाह र कर्मचारीको व्यवहारबारे गरिएको प्रश्नमा ८० प्रतिशत सेवाग्राहीले सन्तोषजक रहेको प्रतिकृया दिएका छन् भने भ्रष्टाचार र कमिशनको बारेमा गरेका प्रश्नमा सय प्रतिशत सेवाग्राहीले कूनै पनि कर्मचारीले कुनै कामबापत कमिशन नमागेको र आफूहरुले दिन नपरेको बताएका छन् ।

कार्यक्रममा आफन प्रश्नहरु राख्न पाउदा स्थानीयहरु उत्साहित भएका थिए । उनीहरुले प्रत्यक ४ महिनामा यस्ता कार्यक्रम गर्नु पनि सुझाएका थिए । हुन पनि पारदर्शिता, सुशासन र जवाफदेहीता लोकतन्त्रको मेरुदण्ड नै हो । र यसलाई अनुभूति गराउने मुख्य माध्यम भनेकै सार्वजनिक सुनुवाई कार्यक्रम पनि हो ।

तर सिन्धुपाल्चोकको कतिपय स्थानीयतहहरुले आफूले गर्नुपर्ने यस्ता न्यूनतम् कार्यक्रम पनि नगर्ने र गरि हाले पनि झारो टार्ने किसिमले गर्दा जनतामा व्यवस्थाप्रति नै नैराश्यता बढ्दै गएको देखिन्छ । आफ्नो गाउँठाउँको सरकारले आफ्नै गाउँठाउँमा के कस्ता आयोजनाहरु के कसरी सञ्चालन गरिरहेको छ, त्यसको जानकारी र सूचना पाउने हकबाट बञ्चित हुँदे आएका सुनकोसीबासी भने सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गर्दा खुशी भए । र त उनीहरुले प्रत्येक चार महिनामा यस्ता कार्यक्रम हुनुपर्ने माग पनि गरे । अध्यक्ष तिमल्सिनाले लोकतान्त्रिक विधि र परिधिभित्र रहेर आफू जनतालाई सूचनाको हक प्रत्याभूति गराउन र जवाफदेहिताको भूमिका निर्वाह गर्न सधैं तत्पर रहेन प्रतिवद्धता जाहेर गरे ।

  • Krishna Parajuli

    Related Posts

    सामुदायिक सिकाइ केन्द्र जिल्ला संजाल गठन

    ७ जेष्ठ २०८३ सागाचोक सिन्धुपाल्चोक – गतिशील सामुदायिक सिकाइ केन्द्र को आयोजना र चौतारा सागाचोकगढि नगर स्तरिय सामुदायिक सिकाइ केन्द्र संजाल को समन्वयमा  सिन्धुपाल्चोक जिल्लामा सन्चालननमा रहेका सामुदायिक सिकाइ केन्द्रहरुको…

    मौसम तथा जलवायु सूचनासेवा सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न

    सिन्धुपाल्चोक खाडीचौर। सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल जिल्ला महासङ्घ सिन्धुपाल्चोकको आयोजना तथा बीबीसी मिडिया एक्सनको आर्थिक सहयोगमा मौसम तथा जलवायु सूचनासेवा (WCLS) प्रणाली सम्बन्धी अभिमुखीकरण तालिम खाडीचौरमा सम्पन्न भएको छ।…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुट्यो की?

    सिन्धुपाल्चोकमा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक सम्पन्न: पहिरो नियन्त्रणमा सरोकारवालाको जोड

    सिन्धुपाल्चोकमा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक सम्पन्न: पहिरो नियन्त्रणमा सरोकारवालाको जोड

    सिन्धुपाल्चोकका विभिन्न पालिकामा सामुदायिक वनको विद्यमान सवाल र आगामी गन्तव्य विषयक अन्तरक्रिया सम्पन्न

    सिन्धुपाल्चोकका विभिन्न पालिकामा सामुदायिक वनको विद्यमान सवाल र आगामी गन्तव्य विषयक अन्तरक्रिया सम्पन्न

    गणतन्त्र र संघीयतासँगै सिन्धुपाल्चोकमा विकासको फड्को

    गणतन्त्र र संघीयतासँगै सिन्धुपाल्चोकमा विकासको फड्को

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    सदाबहार साना किसान कृषि सहकारीको प्रथम अधिवेशन सम्पन्न, देवकी तिमल्सिना अध्यक्षमा चयन

    सदाबहार साना किसान कृषि सहकारीको प्रथम अधिवेशन सम्पन्न, देवकी तिमल्सिना अध्यक्षमा चयन

    सुनकोशी नदीमा जलजन्य विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न

    सुनकोशी नदीमा जलजन्य विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न