भूमि समस्या समाधानका लागि नौ सय ८१ निवेदन

भूमि समस्यामा रहेका नौ सय ८१ जनाले निवेदन पेश गरेका छन् । भूमि समस्या समाधान आयोग जिल्ला समितिमा उक्त निवेदन दर्ता भएको हो । १२ स्थानीय तह रहेको सिन्धुपाल्चोकमा पाँच स्थानीय तहले मात्र विवरण उपलब्ध गराएका छन् । अन्य सात स्थानीय तहबाट कुनैपनि समस्यामा निवेदन नपरेको आयोगले जानएको छ । जिल्लाका ईन्द्रावती, बलेफी र हेलम्बु गाउँपालिकामा भूमि समस्या रहेको छ । मेलम्ची र चौतारा नगरपालिकामा समस्या रहेको तर बाह्रविसे नगरपालिकाबाट कुनैपनि निवेदन प्राप्त नभएको आयोगले जानएको छ ।
आयोगको जिल्ला समितिले भूमि सम्वन्धी नियमको बीसौँ संशोधनको खण्ड छ अनुसार अन्तिम पटक निवेदन माग गरेको छ । २०८२ बैशाख आयोगले जिल्लाका सबै स्थानीय तहलाई पत्राचार गरि भूमि समस्या रही निवेदन दिन छुट भएका पीडितहरुलाई अन्तिम पटक सूचना जारी गर्न सकिने भएकोले जानकारि गराउन पत्राचार गरेको हो । ‘भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको निवेदन संकलन प्रयोजनको लागि स्थानीय तहले आधार र कारण खुलाई एक पटकको लागि सूचना प्रकाशित गर्न भूमि समस्या समाधान आयोग समक्ष अनुरोध गर्न सक्नेछ भनी उल्लेख भएको हुँदा सबै स्थानीय तहलाई जानकारिको लागि अनुरोध छ ।’ पत्रमा उल्लेख गरिएको छ । आयोगले स्थानीय तहलाई पठाएको पत्रमा सबै स्थानीय तहमा भूमि शाखा खडा गर्न, वडा र पालिका तहमा भूमि समस्या सहजिकरण समिति गठन गरि जानकारि गराउन अनुरोध गरेको गरेको छ । ‘प्रप्त निवेदन उपर वडा तहको भूमि समस्या समाधान सहजिकरण समतिले प्रमाणीकरण गरि पालिका तहमा पठाउने र पालिका तहले जिल्ला समतिमा उपयुक्त जग्गा सहितको सिफारिस गरि आएपछि आयोगले नापजाँच र पुर्जा वितरण गर्नेछ’, आयोगका जिल्ला अध्यक्ष ज्ञानेन्द्र राउतले भन्नुभयो, ‘सुक्ष्य रुपमा ब्यवस्थित तवरबाट काम भइरहेको छ ।’ आयोग जिल्ला समितिका सदस्य सचिव गोपाल नारायण भूजेलका अनुसार स्थानीय तहले आवश्यकता ठहर गरि माग भई आएमा अन्तिम पटक सूचना जारि गर्ने, माग नभएका स्थानीय तहमा समस्या रहित स्थानीय तह घोषणा गर्ने गरि आयोगको काम अघि बढेको छ ।
जिल्लाभर मेलम्ची नगरपालिकामा दुई र हेलम्बु गाउँपालिकामा एक गरि तीन जना भूमिहीन दलितले जग्गाप्रप्तिका लागि निवेदन दिएका छन् । मेलम्ची र चौतारा नगरपालिकामा क्रमश १८ र १४ भूमिहीन सुकुम्बासी रहेको, हेलम्बु गाउँपालिका तीन, ईन्द्रावती गाउँपालिका आठ र बलेफी गाउँपालिमा चार जना भूमिहीन सुकुम्बासीले निवेदन दिएको आयोगको जिल्ला समितिले जानकारि दिएको छ । त्यस्तै सबैभन्दा बढी ईन्द्रावती गाउँपालिकामा आठ सय ४४ जना अव्यबस्थित वसोबास भएकाहरुको निवेदन प्राप्त भएको छ । अव्यबस्थित वसोबास भएका मेलम्ची नगरपालिकामा ३४, चौतारा नगरपालिकामा तीन, हेलम्बु गाउँपालिमा ५० जनाले ब्यबस्थित वसोबासका लागि निवेदन दिएको आयोगको जिल्ला समितिले जानकारि दिएको छ ।
जिल्लाका बाह्रविसे नगरपालिका सहित पाँचपोखरी, जुगल, भोटेकोशी, सुनकोशी, त्रिपुरासुन्दरी र लिसंखुपाखर गाउँपालिका बाट कुनैपनि निवेदन परेको छैन ।

  • निशान परियार

    Related Posts

    आइतबार देशका यी स्थानमा हुने छ वर्षा

    सिन्धुपाल्चोक खाडीचौर । आइतबार मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती…

    उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

    प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले आजदेखि पदभार ग्रहण गरेकी छन् ।यही चैत २७ गतेको प्रतिनिधिसभा बैठकबाट सो पदमा निर्वाचित उपसभामुख ठाकरले सिंहदरबारस्थित कार्यालयमा पुगेर पदबहाली गरेकी हुन् । उपसभामुख ठाकुरले आजै…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुट्यो की?

    आइतबार देशका यी स्थानमा हुने छ वर्षा

    सुनकोशी गाउँपालिकामा विपद् व्यवस्थापन तालिम सुरु

    सुनकोशी गाउँपालिकामा विपद् व्यवस्थापन तालिम सुरु

    सडक दुर्घटना न्यूनीकरणका लागि सचेतना कार्यक्रम सम्पन्न

    सडक दुर्घटना न्यूनीकरणका लागि सचेतना कार्यक्रम सम्पन्न

    मौसम तथा जलवायु सूचना सेवा (WCIS) प्रणाली सम्बन्धि अभिमुखिकरण तालिम कार्यक्रम सम्पन्न।

    मौसम तथा जलवायु सूचना सेवा (WCIS) प्रणाली सम्बन्धि अभिमुखिकरण तालिम कार्यक्रम सम्पन्न।

    नयाँ वर्षकै दिन अरनिको राजमार्गमा दुर्घटना : एकको मृत्यु, तीन घाइते

    उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण