चौतारा साँगाचोकगढी नगरपालिकाद्वारा अनिवार्य र निशुल्क शिक्षा घोषणा

चौतारा । अन्तत लामो प्रयासपछि सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकले अनिवार्य र निशुल्क शिक्षा घोषणा गरेको छ ।
बागमति प्रदेश, सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालयका महानिर्देशक दीपन्द्र सुवेदीको प्रमुख आथिथ्यतामा आइतबार नगरपालिकाको सभाहलमा आयोजित एक समारोहका बीच चौतारा साँगाचोकगढी नगरपालिकालाई अनिवार्य र निशुल्क शिक्षा कार्यान्वय पालिका घोषणा गरिएको हो ।
यो घोषणासँगै चौतारा साँगाचोकगढी नगरपालिका जिल्लामा नै औपचारिकरुपमा अनिवार्य र निशुल्क शिक्षा घोषणा गर्ने पहिलो स्थानीयतह बनेको छ ।
चौतारा साँगाचोकगढीभित्र ३४ जना बालबालिकाहरु विद्यालय पहुँच बाहिर रहेकोमा ती बालबालिकालाई पनि विद्यालयमा जोड्दै सबै मापदण्डहरु पुरा गर्दै अनिवार्य र निशुल्क शिक्षा कार्यान्वयन गर्ने पालिका घोषणा गरिएको नगरप्रमुख कृष्णप्रसाद सापकोटाले बताउनुभयो ।
समारोहलाई सम्वोधन गर्दै महानिर्देशक सुवेदीले अनिवार्य र निशुल्क शिक्षाको निरत्तरताका लागि बागमति प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालय सधैं प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले अनिवार्य र निशुल्क शिक्षासँगै अब पालिकाले हरेक वडामा बाल उद्यान निर्माण, बालमैत्री पालिका घोषणाका लागि पनि पहल लिन नगरपालिकालाई आग्रह भयो ।
चौतारा साँगाचोकगढी नगरपालिकका मेयर कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी जीतबहादुर भण्डारी, शिक्षा समन्वय विकास समितिका प्रमुख कृष्णप्रसाद सुवेदी, नेपाल पत्रकार महासंघका अध्यक्ष जीवन श्रेष्ठ, चौतारा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष टंक कार्की, चौतारा क्याम्पसका प्रमुख नगेन्द्रप्रसाद दंगाल, वडा न १३ का वडा अध्यक्ष रामप्रसाद गौतम, वडा न ५ का वडा अध्यक्ष शिव श्रेष्ठ, ज्ञानमन्दिर नमुना मावि, मेल्चौरका विद्यालय व्यवस्थापन समितिक अध्यक्ष रामकृष्ण दंगाल, कालिदेवी मावि बतासेका विव्यस अध्यक्ष यज्ञ सापकोटा, शिक्षक बद्री नेपाल लगायतका वक्ताहरुले अनिवार्य र निशुल्क शिक्षा घोषणालाई स्वागत गर्दै निरन्तरताका लागि आफूहरु कटिवद्ध रहेको बताउनुभयो ।।

  • Related Posts

    • adminadmin
    • समाचार
    • २०८२ असार ६, शुक्रबार १३:३४ गते
    • 192 views
    वडाका सरोकारवालासँग योजना संकलन गर्दै वडाअध्यक्ष राजधानीमा

    बलेफी गाउँपालिका वडा नं. ६ ले आफ्नो वडासँग सम्बन्धित नागरिकसँग अन्तरक्रिया कार्यक्रम राजधानी काठमाडौंमा सम्पन्न गरेको छ । शनिबार आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८२÷८३ को योजनाहरू निर्माण तथा अघिल्लो वर्षको…

    कालिकोटमा एमालेको जिल्ला स्तरीय पार्टी प्रशिक्षण सुरु

    कालिकोट / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमाले केन्द्रीय पार्टी स्कुल विभागको योजना, कर्णाली प्रदेश पार्टी स्कुल विभागको समन्वय तथा कालिकोट जिल्ला कमिटीको आयोजनामा जिल्ला स्तरीय पार्टी प्रशिक्षण कार्यक्रम आजदेखि सुरु…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुट्यो की?

    डेङ्गी तथा किटजन्य रोग नियन्त्रणका लागि बलेफीमा अभिमुखीकरण कार्यक्रम

    सानीटारमा मनाइयो असार १५,एमाले नेताहरुले रोपे धान

    भूमि समस्या समाधानका लागि नौ सय ८१ निवेदन

    सिन्धुपाल्चोकका ११ स्थानीय तह पूर्ण खोप सुनिश्चित

    वडाका सरोकारवालासँग योजना संकलन गर्दै वडाअध्यक्ष राजधानीमा

    • By admin
    • २०८२ असार ६, शुक्रबार १३:३४ गते
    • 192 views

    कालिकोटमा एमालेको जिल्ला स्तरीय पार्टी प्रशिक्षण सुरु

    कालिकोटमा एमालेको जिल्ला स्तरीय पार्टी प्रशिक्षण सुरु