सिन्धुपाल्चोक अब गाई–भैसी ‘जोन’


बिदुर आचार्य,
चौतारा, फागुन १९ गते ।

सिन्धुपाल्चोक जिल्लालाई गाई–भैसी जोन बनाईने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना सञ्चालन समन्वय समितिले बुधबार जिल्लालाई दुध र आलु पकेट क्षेत्र रहेको निष्कर्ष सहित कृषि तथा पशुको उत्पादन तथा प्रवद्र्धन गर्न ‘जोन’ घोषणा गरी टेक्निकल गाईडलाईन निर्माण गर्न समितिले माथिल्लो तहमा सिफारिस गरेको हो । यस अधि जिल्लालाई मकै पकेट क्षेत्र घोषणा गरी कार्यक्रम कार्यान्वयन गरिएको प्रधानमन्त्री कृषि आधुकिकिकरण परियोजना कार्यान्वयन इकाईले जनाएको छ ।
समितिले मकै पकेट क्षेत्रलाई थप प्रवद्र्धन गर्दै दुध र आलु उत्पादनका लागि थप कार्याक्रम लागु गर्ने र त्यसपछि कफी, मासु र माछा उत्पादनका कार्याक्रम क्रमश लागु गर्न सहमति जनाएको छ । जिल्लाको मेलम्ची नगरपालिकामा मकैको दाना उत्पादन कम्पनी निर्माण सुरु भएको र स्थानीय तहमा सानो पकेट क्षेत्र कार्याक्रमबाट कसषिका अनेकन सुधार कार्यले दुध तथा आलु उत्पादनमा नतिजा देखिने समन्वय समितिका सदस्यहरुले जनाएका छन् । किसानले प्रत्यक्ष र नियमित आम्दानी गर्ने दुध ब्यवसायलाई प्रवद्र्धन गरिनु आवश्यक रहेको चौतारा साँगाचोकगढी नगरपालिकाले जनाएको छ
जिल्लाबाट बार्षिक ९८ करोडको दुध निर्यात हुने आँकलन गरिएको छ । जिल्लालाई गाई–भैसी जो रुपमा दर्ज गराएपछि उत्पादनमा थप बृद्धि गरी दुधजन्य परिकार उत्पादनका कार्यक्रम सुरु गरिने इकाईका प्रमुखले जानकारि दिनुभयो । मकै उत्पादनले वीउ, च्याख्ला, पीठो, दाना र खोस्टाको चकटी, झोला, टोपीलगायतका सामाग्रीले राम्रो बजार पाएको औल्याउँदै दुध उत्पादनमा एकीकृत योजना अनुसारकै प्रतिफल प्राप्त हुने मेलम्ची नगरपालिकाले जनाएको छ ।
‘दुध उत्पादनले जैविक संरक्षण पनि हुनेछ’– मकै जोन सञ्चालन समन्वय समितिका संयोजक जीवन थापाले भन्नुभयो, ‘मकैबाट घाँस तथा दाना उत्पादन हुन्छ, गाई–भैसीलाई घाँस दाना पुग्छ र गोवरबाट मकै लगायतका बाली उत्पादनमा सहयोग पुग्छ ।’ भीरालो क्षेत्रलाई आधुनिकिकरण गरी मकै, आलु, कफी, तरकारी, धान, गहुँ, अदुवा, बेसारलगायतका कृषि उत्पादनमा परियोजना सञ्चालन हुने इकाई प्रमुख पौडेल बताउनुहुन्छ ।
‘जोनकै रुपमा बिकास गरिसकेपछि थप अनुसन्धान र प्राविधिक निर्देशन निर्माण गरीने छ’– परियोजनाले जनाएको छ । वीउ उत्पादन प्रमाणीकरण र स्रोत वीउ उत्पादनका काम गरिरहेको इकाईले वातावरण अनुकुल उत्पादनमा जोड दिँदा खाद्यन्नको ‘होल साईकल सर्कुलेट’ हुने जनाएको छ । मकै पकेट क्षेत्रकोरुपमा परिचित जिल्लालाई तत्काल गाई–भैसी, आलु सँगै क्रमश छ वटा क्षेत्रमा काम गर्ने केन्द्र नीति रहेको कार्यालयले जनाएको छ ।

  • Related Posts

    सुनकोशी गाउँपालिकामा विपद् व्यवस्थापन तालिम सुरु

    सिन्धुपाल्चोक चौतारा। सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका र सशस्त्र प्रहरी बल नेपाल नम्बर १६ गण हेडक्वार्टरको संयुक्त आयोजनामा समुदायस्तरमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन क्षमताको अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको समुदाय…

    सडक दुर्घटना न्यूनीकरणका लागि सचेतना कार्यक्रम सम्पन्न

    सिन्धुपाल्चोक चौतारा। सिन्धुपाल्चोकको केही स्थानहरूमा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले इलाका प्रहरी कार्यालय बाह्रविसे र प्रहरी चौकी लामोसाँघुको संयुक्त पहलमा सडक सचेतना कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम इलाका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुट्यो की?

    आइतबार देशका यी स्थानमा हुने छ वर्षा

    सुनकोशी गाउँपालिकामा विपद् व्यवस्थापन तालिम सुरु

    सुनकोशी गाउँपालिकामा विपद् व्यवस्थापन तालिम सुरु

    सडक दुर्घटना न्यूनीकरणका लागि सचेतना कार्यक्रम सम्पन्न

    सडक दुर्घटना न्यूनीकरणका लागि सचेतना कार्यक्रम सम्पन्न

    मौसम तथा जलवायु सूचना सेवा (WCIS) प्रणाली सम्बन्धि अभिमुखिकरण तालिम कार्यक्रम सम्पन्न।

    मौसम तथा जलवायु सूचना सेवा (WCIS) प्रणाली सम्बन्धि अभिमुखिकरण तालिम कार्यक्रम सम्पन्न।

    नयाँ वर्षकै दिन अरनिको राजमार्गमा दुर्घटना : एकको मृत्यु, तीन घाइते

    उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण