चौतारा साँगाचोकगढी नगरपालिकाद्वारा अनिवार्य र निशुल्क शिक्षा घोषणा

चौतारा । अन्तत लामो प्रयासपछि सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकले अनिवार्य र निशुल्क शिक्षा घोषणा गरेको छ ।
बागमति प्रदेश, सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालयका महानिर्देशक दीपन्द्र सुवेदीको प्रमुख आथिथ्यतामा आइतबार नगरपालिकाको सभाहलमा आयोजित एक समारोहका बीच चौतारा साँगाचोकगढी नगरपालिकालाई अनिवार्य र निशुल्क शिक्षा कार्यान्वय पालिका घोषणा गरिएको हो ।
यो घोषणासँगै चौतारा साँगाचोकगढी नगरपालिका जिल्लामा नै औपचारिकरुपमा अनिवार्य र निशुल्क शिक्षा घोषणा गर्ने पहिलो स्थानीयतह बनेको छ ।
चौतारा साँगाचोकगढीभित्र ३४ जना बालबालिकाहरु विद्यालय पहुँच बाहिर रहेकोमा ती बालबालिकालाई पनि विद्यालयमा जोड्दै सबै मापदण्डहरु पुरा गर्दै अनिवार्य र निशुल्क शिक्षा कार्यान्वयन गर्ने पालिका घोषणा गरिएको नगरप्रमुख कृष्णप्रसाद सापकोटाले बताउनुभयो ।
समारोहलाई सम्वोधन गर्दै महानिर्देशक सुवेदीले अनिवार्य र निशुल्क शिक्षाको निरत्तरताका लागि बागमति प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालय सधैं प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले अनिवार्य र निशुल्क शिक्षासँगै अब पालिकाले हरेक वडामा बाल उद्यान निर्माण, बालमैत्री पालिका घोषणाका लागि पनि पहल लिन नगरपालिकालाई आग्रह भयो ।
चौतारा साँगाचोकगढी नगरपालिकका मेयर कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी जीतबहादुर भण्डारी, शिक्षा समन्वय विकास समितिका प्रमुख कृष्णप्रसाद सुवेदी, नेपाल पत्रकार महासंघका अध्यक्ष जीवन श्रेष्ठ, चौतारा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष टंक कार्की, चौतारा क्याम्पसका प्रमुख नगेन्द्रप्रसाद दंगाल, वडा न १३ का वडा अध्यक्ष रामप्रसाद गौतम, वडा न ५ का वडा अध्यक्ष शिव श्रेष्ठ, ज्ञानमन्दिर नमुना मावि, मेल्चौरका विद्यालय व्यवस्थापन समितिक अध्यक्ष रामकृष्ण दंगाल, कालिदेवी मावि बतासेका विव्यस अध्यक्ष यज्ञ सापकोटा, शिक्षक बद्री नेपाल लगायतका वक्ताहरुले अनिवार्य र निशुल्क शिक्षा घोषणालाई स्वागत गर्दै निरन्तरताका लागि आफूहरु कटिवद्ध रहेको बताउनुभयो ।।

  • Related Posts

    सिन्धुपाल्चोकका विभिन्न पालिकामा सामुदायिक वनको विद्यमान सवाल र आगामी गन्तव्य विषयक अन्तरक्रिया सम्पन्न

    सिन्धुपाल्चोक खाडीचौर। सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल को ३१औँ स्थापना दिवसको विशेष अवसर पारेर सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानीय तहहरूमा “वनको दिगो व्यवस्थापन र सामुदायिक अधिकार: समावेशी, सुशासन र हरित अर्थतन्त्र…

    सदाबहार साना किसान कृषि सहकारीको प्रथम अधिवेशन सम्पन्न, देवकी तिमल्सिना अध्यक्षमा चयन

    सिन्धुपाल्चोक खाडीचौर। सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका वडा नं. ७ मा अवस्थित श्री सदाबहार साना किसान कृषि सहकारी संस्था लिमिटेडको प्रारम्भिक साधारण सभा तथा प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ।…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुट्यो की?

    सिन्धुपाल्चोकमा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक सम्पन्न: पहिरो नियन्त्रणमा सरोकारवालाको जोड

    सिन्धुपाल्चोकमा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक सम्पन्न: पहिरो नियन्त्रणमा सरोकारवालाको जोड

    सिन्धुपाल्चोकका विभिन्न पालिकामा सामुदायिक वनको विद्यमान सवाल र आगामी गन्तव्य विषयक अन्तरक्रिया सम्पन्न

    सिन्धुपाल्चोकका विभिन्न पालिकामा सामुदायिक वनको विद्यमान सवाल र आगामी गन्तव्य विषयक अन्तरक्रिया सम्पन्न

    गणतन्त्र र संघीयतासँगै सिन्धुपाल्चोकमा विकासको फड्को

    गणतन्त्र र संघीयतासँगै सिन्धुपाल्चोकमा विकासको फड्को

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    सदाबहार साना किसान कृषि सहकारीको प्रथम अधिवेशन सम्पन्न, देवकी तिमल्सिना अध्यक्षमा चयन

    सदाबहार साना किसान कृषि सहकारीको प्रथम अधिवेशन सम्पन्न, देवकी तिमल्सिना अध्यक्षमा चयन

    सुनकोशी नदीमा जलजन्य विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न

    सुनकोशी नदीमा जलजन्य विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न